Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना गम्भीर बिरामी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, १३
जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना गम्भीर बिरामी

काठमाडौं । जंगली च्याउ खाँदा मोरङको कानेपोखरी–७ बरगाछीमा एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उनीहरूको उपचार हुन सकेको छैन ।

उनीहरूले मंगलबार बेलुका खेतबाट खोजेर ल्याएको जंगली च्याउको तरकारीसँग खाएका थिए । खाना खाए लगत्तै ७६ वर्षीया देशमाया राई, ४६ वर्षीय मनकुमार राई, ४४ वर्षीया मगंला राई, २४ वर्षीया सुस्मिता राई र १४ वर्षीया आइसिका राई बिरामीलाई नसा लागेको थियो ।

राति ९ बजेदेखि पाँचै जनाले बान्ता गर्दै बरबर्राउन थालेपछि राई परिवारका आफन्तलाई खबर गरिएको थियो । मंगला र सुस्मिताको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ भने अन्य तीन जना अझैसम्म उठ्न सकेका छैनन् ।

Top Changing Nepal

युट्युब सट्स