सबैभन्दा जोखिममा मोटरसाइकल
काठमाडौं । काठमाडौं मातातीर्थका रमेश इटनी दम्पतीको सोमबार बिहानको रौनक भिन्नै थियो। पत्नी मेनुकासहित बिहे भोजको पोसाकमा सजिएका थिए रमेश। चालक रमेश मोटरसाइकलको अगाडि बसे, पत्नी मेनुका पछाडि। बिहान ९ बजेतिर दुवैजना घरबाट निस्किए। घरबाट निस्केको करिब १५ मिनेटपछि सतुंगल आइपुगे उनीहरू। सतुंगलमा उनीहरू चढेको मोटरसाइकललाई पछिबाट आएको बसले ठक्कर दियो।
बसको ठक्करबाट मेनुका गम्भीर घाइते भइन्, रमेशलाई सामान्य चोटपटक लाग्यो। मोटरसाइकलसँगै सडकमा लडेकी मेनुकालाई बसको टायरले किचेको थियो। वीर अस्पताल ल्याउँदाल्याउँदै उनको निधन भयो। इटनी दम्पती वनस्थलीस्थित गाउँका आफन्तको बिहेमा सामेल हुन हिँडेका थिए। रमेश धादिङबाट केही वर्षअघि बसाइँ सरेर काठमाडौं आएका हुन्। दुवै छोरा अमेरिका गएकाले इटनी दम्पती मात्र घरमा बस्थे। ठक्कर दिएको बसचालकलाई प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै आइतबार काठमाडौं वनस्थली ढुंगेधारामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा चारजना घाइते भए। जसमध्ये एउटा मोटरसाइकलको पछाडिको सिटमा बसेकी २७ वर्षीया अस्मिता कार्की गम्भीर घाइते भइन्। उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।
यी प्रतिनिधि घटना मात्र हुन्। देशभरिमा दैनिक सानाठुला सडक दुर्घटना भइरहन्छन्। सडक दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल यात्रुको मृत्यु हुने गरेको तथ्यांक हालै सार्वजनिक नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण, २०२२ मा उल्लेख छ।
सो सर्वेक्षणअनुसार नेपालमा सवारी दुर्घटनाका कारण एक वर्षमा प्रति एक लाखमा १४ जनाको मृत्यु हुने गरेको छ। यो हिसाबले हेर्दा एक वर्षमा ४ हजार ६० जनाको सडक दुर्घटनामा मृत्यु हुन्छ। जनगणना २०७८ अनुसार अहिले नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ। सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६८ प्रतिशत मोटरसाइकलयात्रु छन्। यस आधारमा हेर्दा मोटरसाइकल दुर्घटनामा वर्षमा दुई हजार सात सय ६० जनाको ज्यान जान्छ।
नेपाल प्रहरीको तथ्यांकअनुसार सडक दुर्घटनामा आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ९ सय ६०, आव २०७७/७८ मा दुई हजार आठ सय ५९, आव २०७६/७७ मा ३ हजार ८ सय ९९ र २०७४/७५ मा एक हजार दुई सय ८४ जनाको सडक दुर्घटनाका कारण मृत्यु भएको छ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
