• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक २६, २०८२
मङ्गलबार, कार्तिक २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ४. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

  • ६. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • ७. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ८. नागरिक एपमा ड्राइभिङ लाइसेन्स फिचर फिर्ता

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ सेवा सुरु

घरको मठमा कीटाणुनाशक तुलसी रोपियो

काठमाडौँ । बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो ।

आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आएका  प्रा. डा.चन्द्रराज सापकोटाले वैज्ञानिक र औषधीय गुणले युक्त भएकाले पुर्खाले घर–घरमा यसको मठ बनाएर पूजा आराधनाको रीत बसालेको बताए। आफू सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएका बेला विसं २०५५ मा औषधीय गुणले युक्त तुलसीबाट चिया समेत उत्पादन गरेको उनको भनाइ छ ।

“तुलसीको चियाले मानव शरीरका कीटाणु नाश गरी स्वस्थ बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुन्छ, कोरोना महामारीको सङ्क्रमणदर तीव्र भएका बेला तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडा पानी बनाएर पिउनेहरु बढेका थिए । कीटनाशक भएकाले पनि वैदिककालदेखि तुलसीको महत्व बढेको हो”, प्रा. डा. सापकोटाले भने।

हामीकहाँ उपलब्ध वनस्पति र खाद्यान्न स्वास्थ्यसँग सम्बन्धित भएको भन्दै अमृता समेत भनिने गुर्जो धेरै रोगका लागि लाभदायक रहेको उनको भनाइ छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान विष्णुको प्रतीकका रुपमा पनि लिइन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईको भनाइ छ ।

भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण चान्द्रमास अनुसार पाँच महिना हुने भएको छ । एक वर्षमा २४ एकादशी पर्छन् भने अधिकमास परेको वर्ष भने २६ वटा एकादशी पर्छन् । सबै एकादशीका दिन सक्नेले फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्ने चलन छ ।

कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । यी दुवै एकादशीलाई ठूलो एकादशी भन्ने प्रचलन छ ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ । चतुर्मासाभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ ।

एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ ।

तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले वास्तु दोष निवारण भई सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट पूजा आराधनासहित चतुर्मासा व्रतको उद्यापन गरिन्छ । उद्यापनका लागि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म जुराउनु नपर्ने र त्यसपछि भने अग्निस्थापना जुरेका दिन हवन गरी तुलसीको व्रत समापन गरिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा
    नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

    लोकप्रिय

    २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

    ताजा

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

    नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा
    • डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु
    • नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
    • क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.