यसै साता एसईईको नतिजा प्रकाशन गर्ने तयारी
काठमाडौं । शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्याएको हो ।
बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । सोही आधारमा नतिजा प्रकाशनको लागि आवश्यक गृहकार्य भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।
‘असारको तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी हाम्रो वार्षिक कार्य तालिका छ । सोही आधारमा तयारी भइरहेको छ’ उनले भने । उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण तथा रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा चढाउने काम भइरहेको उनको भनाई छ ।
‘परीक्षणको काम सकिएपछि पनि धेरै प्राविधिक काम हुन्छन् । त्यो काम चलिरहेको छ । नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्ने लगायतका काम भइरहेको छ,’ अध्यक्ष शर्माले भने । नतिजा कुन पद्धतिबाट प्रकाशन गर्ने भन्ने विषयमा अहिलेसम्म टुङ्गो लागेको छैन । पुरानै लेटर ग्रेडिङ पद्धतिबाट प्रकाशन गर्ने कि नयाँबाट गर्ने भन्ने विषयमा केही दिनमा निर्णय हुने अध्यक्ष शर्माले बताए ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

