आमाछोरी मृत फेला, दाइजो नपाएपछि ज्वाइ र ससुराले हत्या गरेको आरोप
रौतहट । रौतहटमा आमाछोरी मृत फेला परेका छन्।
रौतहटको मौलापुर नगरपालिका-४ पतौराका २४ वर्षिया महिला र उनकी २ वर्षिया छोरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विरबहादुर बुढामगरका अनुसार २४ वर्षिय कविता देवी साह र उनकी २ वर्षिया छोरी आरूही कुमारी साह घरमै मृत फेला परेका हुन्।
मृत बालिकाको लास पङ्खामा झुन्डयाइएको अवस्थामा र कविताको लास घरबाट बाहिरीने सिढीमा फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए।
उक्त घटना हत्या वा आत्महत्या हो एकिन गर्न गाह्रो भएको र थप अनुसन्धान भरहेको प्रहरी उपरीक्षक बुढामगरले बताए।
मृतक कविताका श्रीमान धिरेन्द्र साह र ससुरा नागेन्द्र साह परिवारसहित घटनापछि फरार रहेका छन्।
माधव नारायण नगरपालिका-५ मिठुअवा माइतीघर भएकी कविताका बुवा विजय शंकर साहका अनुसार घटनाबारे आफूलाई स्थानीयले फोनमार्फत जानकारी गराएको र जानकारी पाउने बित्तिकै प्रहरीले खबर गरेको उनले बताए।
छोरी र ज्वाइबीच पटक-पटक विवाद भइरहेको र मिलेर बस्न दुबै जनालाई सम्झाई बुझाई गरेको उनले बताए। उनका अनुसार ज्वाइले कहिले नगद, पलङ्ग, सुनको औठी र सिक्री माग्दै आएका थिए। पटक पटक यहीँ निहुमा ज्वाइले छोरीलाई कुटपिट गर्ने गरेको बताए।
उनले छोरीले आत्महत्या नगरेको र ज्वाई र सम्धीसहितका व्यक्ति मिलेर हत्या गरेको बताए।

सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

