यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
आज रातिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी र मधेस प्रदेशको एक९दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
सम्बन्धित समाचार
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ प्रणाली शुभारम्भ
संसारको पहिलो इमेल कसले पठाएको थियो ? थाहा पाउनुहोस्
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

