लर्ड्स टेस्ट : डकेट कसरी बचे, स्टार्कको क्याचमा किन हुँदैछ विवाद, के छ यस्मा नियम ?
एजेन्सी । लर्ड्स टेस्टको चौथो दिनमा अष्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रीनले बेन डकेटलाई शॉर्ट बल गरे, जसमा डकेटले फाइन लेगको जस्तै र्याम्प शट खेले । बल हावामा गयो र त्यहाँ तैनाथ मिचेल स्टार्कले आफ्नो बायाँ तर्फ तीव्र गतिमा दौडदै क्याच लिए । तर, रिप्लेमा बलले जमिनसँग सम्पर्क गरेको देखियो । क्याच पूरा गरेपछि बलले जमिन छोएको थियो ।
फिल्ड अम्पायरले डकेटलाई आउट दिए । तर तेस्रो अम्पायरले क्रस चेक गर्दा स्टार्कले क्याच समातेको पत्ता लाग्यो । तर, जब बल मैदानको सम्पर्कमा आयो, स्टार्क पूर्ण नियन्त्रणमा थिएनन् । त्यही आधारमा डकेटले जीवन दान पाए र तेस्रो अम्पायरले उनलाई नटआउट घोषित गरे ।
अहिले यसैका विषयमा विवाद बढ्दै गएपछि क्रिकेटको नियम बनाउने संस्था मेरिलेबोन क्रिकेट क्लब वा एमसीसीले पनि स्पष्टीकरण दिनुपर्यो । क्याचलाई लिएर किन यति धेरै विवाद भइरहेको छ ? एमसीसीको नियमले के भन्छ ? जानौं ।
क्याचको बारेमा नियमले के भन्छ ?
क्याचको विवादपछि एमसीसीले ट्विट गर्दै नियमको व्याख्या गरेको छ । एमसीसीको क्याचको नियम ३३।३ मा फिल्डरको बल र गतिमा पूर्ण नियन्त्रण हुँदा मात्रै क्याच पूरा हुन्छ भनी स्पष्ट लेखिएको छ ।
यसअघि बलले जमिन छुन सक्दैन । यस अवस्थामा, बलले जमिनसँग सम्पर्क गर्दा स्टार्क फिसलिरहेका थिए, जसको अर्थ उनीसँग बल र गतिमा पूर्ण नियन्त्रण थिएन । जसका कारण ब्याट्सम्यानलाई नटआउट घोषित गरिएको थियो ।
अम्पायरको निर्णयबाट म्याकग्रा रिसाए
अष्ट्रेलियाका पूर्व फास्ट बलर ग्लेन म्याकग्रा थर्ड अम्पायरको निर्णयबाट रिसाए र यसलाई हास्यास्पद भने । बीबीसीसँग कुरा गर्दै म्याकग्राले भने( ‘मलाई माफ गर्नुहोस्, यो मैले देखेको सबैभन्दा ठूलो फोहोरको थुप्रो हो । बल स्टार्कको नियन्त्रणमा थियो । यो अपमानजनक छ । मलाई माफ गर्नुहोस्, यो आपत्तिजनक छ । म यो विश्वास गर्न सक्दिन । यो हास्यास्पद छ ।’
नियमका विषयमा विवाद
क्याचलाई लिएर एमसीसीको नियममा प्रश्न उठिरहेको छ । जो रुटलाई लर्ड्स टेस्टको पहिलो इनिङ्समा स्टिभ स्मिथले क्याच आउट गरेका थिए जसलाई तेस्रो अम्पायरले समीक्षापछि आउट दिएका थिए । त्यस्तै एजब्यास्टनमा मिचेल स्टार्कले जस्तै तेस्रो अम्पायरले मार्नस लाबुसेनको क्याच सही नभएको भन्दै ब्याट्सम्यानलाई नटआउट दिएका थिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
