एसएलसीको परिक्षाफल अब यसरी ग्रेडिङ सिष्टममा हुने – जानकारी केन्द्र
सरकारले एसएलसी परीक्षार्थीको परीक्षाफल लेटर ग्रेडिङमा प्रकाशित गर्ने भएको छ । शिक्षा मन्त्रालयले २०७२ सालदेखि नै देशभर एसएलसी परीक्षार्थीको परीक्षाफल लेटर ग्रेडिङ प्रणालीमा प्रकाशित गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले ग्रेडिङ प्रणाली कार्यान्वयन गर्न पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशकको संयोजकत्वमा लेटर ग्रेडिङ कार्यविधि निर्माण समिति गठन गरेको थियो । समितिले तयार पारेको कार्यविधि केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले बुधबार मन्त्रीसमक्ष पेस गरेका थिए ।
सहभागी विद्यार्थीले स्तर अनुसार नौ तहका प्रमाणपत्र पाउने छन् । विद्यार्थीमा एसएलसीप्रति नकारात्मक प्रभाव हटाउन र विद्यार्थीको वास्तविक क्षमता मूल्यांकन गर्न ग्रेडिङ प्रणाली लागू गरिएको हो ।
एसएलसीको प्रमाणपत्रमा नौ तहमा ’ए प्लस’ देखि ’ई’ अक्षरमा ग्रेडिङ गरिनेछ । समितिको ग्रेडिङ कार्यविधि अनुसार ९०–१०० अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीले ’ए प्लस’ अर्थात् ’आउटस्ट्यान्डिङ’ उल्लेख भएको प्रमाणपत्र पाउने छन् ।
८०–८९ अंक प्राप्त गर्ने विद्यार्थीले ’ए’ अर्थात् ’एक्सिलेन्ट’, ७०–७९ अंक प्राप्त गर्नेले ’बी प्लस’ अर्थात् ’भेरी गुड’, ६०–६९ अंक प्राप्त गर्नेले ’बी’ अर्थात् ’गुड’, ५०–५९ अंक प्राप्त गर्नेले ’सी प्लस’ अर्थात् ’एबभ एभरेज’ र ४०–४९ अंक प्राप्त गर्नेले ’सी’ अर्थात् ’एभरेज’ उल्लेख गरिएको प्रमाणपत्र पाउने समितिको प्रस्तावमा छ ।
यसैगरी ३०–३९ अंक प्राप्त गर्नेले ’डी’ अर्थात् ’बिलो एभरेज’ र १–२९ अंक प्राप्त गर्नेको प्रमाणपत्रमा ’ई’ अर्थात् ’इनसफिसिएन्ट’ उल्लेख हुने छ । यसैगरी शुन्य अंक प्राप्त गर्ने, अमर्यादित कार्य गर्ने, परीक्षामा अनुपस्थित हुनेलगायतलाई ’नन ग्रेडेड’ उल्लेख हुने छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

