वडा अध्यक्ष र सदस्यको धम्कीपछि सर्वसाधारणले गरे आत्महत्या
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका १ स्थित सापिङका ६८ वर्षीय उडेन्द्रबहादुर पन्तको शव आठ दिनदेखि अस्पतालको मुर्दाघरमा राखिएको छ ।
ठडेन्द्रका छोरा २१ वर्षीय शेरबहादुर पन्त र ३६ वर्षीय रोमबहादुर पन्तले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दिएको जाहेरी दर्ता नगरी प्रहरी आफैँ वार्ता गराइरहेको छ ।
‘बुबालाई आत्महत्या गर्न बाध्य पार्नेहरू विरुद्ध किटानी जाहेरी दिएका छौँ’, छोरा शेरबहादुर पन्तले भने ‘प्रहरी जाहेरी दर्ता नगरी दिन दिन वार्ता भन्दै टारिरहेका छौँ । जाहेरी दर्ता नगरी शव बुझ्दैनौँ।’
भुम्लु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ४५ वर्षीय लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भीमेश्वर महिला कृषक समूहकी अध्यक्ष ४२ वर्षीया दानकुमारी महत खत्री र ४६ वर्षीया ताराबहादुर पन्त विरुद्ध पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए ।
जाहेरी फिर्ता लिन पीडितलाई दबाब दिन आइतबार पनि धुलिखेलमा वार्ता गराइएको छ। २०८० असार १० गते विहान ६ बजे भुम्लु गाउँपालिकाको सापिङ्ग स्थित उर्लेनीमा ठडेन्द्रबहादुर पन्तले रूखमा भुण्डिएर आत्महत्या गरेका थिए । आजको नेपाल समाचारपत्र दैनिकबाट
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
