सिजी डिजिटलको २३औं शोरुम गट्ठाघर भक्तपुरमा सञ्चालन
भक्तपुर। चौधरी ग्रुप को आफ्नै विधुतीय सामग्री को नयाँ तथा भब्य मल्टि ब्रान्ड शोरुम सी जी डिजिटल को २३ औ शाखा भक्तपुरको गट्ठाघरमा खोलिएको छ। भक्तपुरका समाजसेवी तथा भूतपूर्व मंत्री श्री महेश बस्नेत ज्यूको हातबाट असार २० गते रिबन काटेर यो शोरुमको भब्य उद्घाटन भएको छ। सी जी डिजिटलको शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु LG, CG, TCL, Godrej, Sensei, Midea, Beko, Black+Decker, Kent, Elica, Pigeon, Crompton लगायतका विभिन्न घरायसी विधुतीय सामाग्रीहरु जस्तै कि – LED TV, Washing Machine, Refrigerator, Micro Wave Oven, Vacuum Cleaner, Dishwasher, Air Purifier, Music System, Rice Cooker, Mixture Grinder, Smart Domestic Appliances, Smart Home Appliancesहरु लगायतका थुप्रै सामानहरु रहने छन् । Ground Floor को २२५० sq. ft. एरियामा बनेको यस सी जी डिजिटलको शोरुम, गट्ठाघर चोकको मुख्य व्यापारिक केन्द्रमा पर्छ जहाँ नि:शुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ ।
भक्तपुरको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्य सहित यो शोरुम संचालन गरिएको छ। दक्ष्य र अनुभवी Sales Person हरु बाट यहाँ भएका बिधुतिय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ। यो शोरुम हप्ताको सातै दिन बिहान १०:०० बजे देखि बेलुका ०७:३० बजे सम्म संचालन हुने छ। ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नम्बर ०१-५९१३१८२, ०१-५९१३१८३ हरुमा सम्पर्क गर्न सकिने कुराको जानकारी पनि गरिन्छ।
भक्तपुरको गट्ठाघरमा खोलिएको यस सी जी डिजिटल शोरुममा ओपेनिङ्ग को बिशेष छुट, 0% किस्ता बन्दि , फ्री गिफ्टहरु का साथै Exchange Offer को पनि सुविधा रहेको छ। साथै Product Live Demo, Cooking Class र Preventive Maintenance Service (PMS) को पनि व्यवस्था गरिएको छ ।
चौधरी ग्रुपले काठमाडौँ लगायत काठमाडौँ बाहिर इटहरी, हेटौडा, भरतपुर, विराटनगर र पोखरामा पनि सी जी डिजिटल शोरुम संचालन गरि सकेको छ। यो संगै भक्तपुरको गट्ठाघरमा खोलिएको यस सी जी डिजिटल शोरुम अब २३औ शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि जानकारी गरिएको छ ।


सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

