एक आपसमा दुई वटा ट्रक ठोक्किएर आगलागी, तीन जनाको निधन
काठमाडौं । राजमार्गमा दुई वटा ट्रक ठोक्किँदा भीषण आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गका मनहरी गाउँपालिका ६, डिपाट सडक खण्डमा गएराति भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
दुईवटा ट्रक जुधेपछि लागेको आगोमा ट्रकमा सवार तीन जनाको ज्यान गएको छ । मृतकहरुको नाम र हुलिया खुलेको छैन । राति पौने २ बजे पूर्वबाट नारायणगढतर्फ गइरहेको ना. ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशाबाट हेटौंडातर्फ आइरहेको ना. ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँएको हो ।
दुर्घटना लगत्तै घटनास्थल पुगेपनि दमकलको सुविधा नहुँदा आगो निभाउन नसकिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालले बताए ।
‘भनेको समयमा दमकल पाइएन, पछि २ वटा दमकल आएर बल्ल बल्ल आगो निभाइयो’, उनले भने, ‘भयंकर आगलागी भएको ट्रक र जलेका शवलाई निकालेपछि बिहान साढे ६ बजेदेखि राजमार्ग सुचारु भएको छ ।’
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

