Jankari Kendra
२५ आश्विन २०८३, आईतवार

उकालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, २४
उकालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौँ । आज साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Top Changing Nepal

युट्युब सट्स