नेपालकै पहिलो ‘फ्लाइओभर’ यसरी भइरहेछ निर्माण
काठमाडौं । बलम्बुमा निर्माणाधीन मुलुककै पहिलो फ्लाइओभरको काम आधाभन्दा बढी सम्पन्न भएको छ । फ्लाइओभर आगामी वर्षदेखि सञ्चालनमा ल्याइने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डमरूले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले तीव्र रूपमा आयोजनाको काम भइरहेको बताए ।
उनका अनुसार फ्लाइओभरको सहायक संरचनाका रूपमा निर्माण गर्नुपर्ने पाँच वटा पाइलमध्ये दुई वटाको निर्माण सम्पन्न भइसकेको छ । त्यसैगरी एउटा पाइलको जग हाल्ने काम सम्पन्न भइसकेको छ । फ्लाइओभरको निर्माण अवधि सन् २०२४ अप्रिल २५ सम्म रहेको छ ।
निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधन राजमार्गबाट सुरुङमार्गतिर मोडिँदा हुन सक्ने ट्राफिक जामलाई न्यूनीकरण गर्ने उद्देश्यसहित फ्लाइओभरको निर्माण भइरहेको छ ।
फ्लाइओभर निर्माणका लागि सोको क्षेत्राधिकार (राइट अफ–वे) मा पर्ने १२ रोपनी जग्गा अधिग्रहण गर्नुका साथै पक्की र टहरा गरी कुल ५७ वटा संरचना भत्काइएको छ । फ्लाइओभरको क्षेत्राधिकारमा पर्ने जग्गाधनीले प्रतिआना ५० लाख रुपियाँका दरले मुआब्जा पाएका छन् ।
आयोजनाका उपनिर्देशक डमरूका अनुसार पृथ्वी राजमार्गबाट सुरुङमार्गको काठमाडौँतर्फको पोर्टलसम्म पुग्न फ्लाइओभर निर्माण गर्न लागिएको छ । राजमार्गको बिचको दुई लेनबाट सो फ्लाइओभरलाई जोडिने छ ।
फ्लाइओभर निर्माण भइसकेपछि बलम्बु क्षेत्रमा पृथ्वी राजमार्गको दुई लेन सो फ्लाइओभरका लागि नै प्रयोग गर्नु पर्ने हुन्छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु

