सम्पर्कविहीन मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको पुष्टि
जानकारी केन्द्र
२०८०, असार, २६
काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको पुष्टि भएको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९ एनए एमभी कलसाइन भएको हेलिकोप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका ५ साविक भकान्जे गाविसको लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त भएको लिखुपपिके ५ का वडा अध्यक्ष ङिमा छिरी लामाले पुष्टि गरेका छन् ।

रिर्पोटस नेपालसँग कुरा गर्दै शेर्पाले भने- ‘त्यहाँ होटल चलाउने एक जनाले फोन गरेर हेलिकप्टर दुर्घटनामा परेको बताएका छन् । उनले हेलिकप्टर क्षतविक्षत छ भन्ने सूचना दिए । विस्तृत विवरण आएको छैन।’
उक्त हेलिकप्टरमा पाइलट सहित ६ जना यात्रु रहेको थिए । यसमा पाइलट मात्र नेपाली हुन । अन्यसबै यात्रु मेक्सिकन नागरिक रहेको मनाङ एयरले बताएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
