सिरहामा प्रहरी जवानलाई नै ११ घन्टासम्म बाँधेर दिइयो यातना
काडमाण्डौँ । जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हातखुट्टा बाँधेर यातना दिइएको सम्बन्धमा छानबिन समिति बनाइएको छ । मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) जनक भट्टराईले आफूले घटनाबारे जानकारी पाएसँगै छानबिन समिति बनाइएको बताए। आज जिल्ला प्रहरी कार्यालय सिरहाको नव निर्मित आवास भवन उद्घाटनको लागि आएका उनले घटनाको जानकारी पाएसँगै छानबिनको लागि समिति गठन गरेको बताए।
उनले भने, ‘मैले पनि घटनाबारे जानकारी पाएको थिएँ, संयोगले सिराहा आएकाले आजै छानबिन समिति गठन गरेको छु। समितिको प्रतिवेदनपछि आवश्यक कारबाही हुन्छ।’प्रहरी जवान अनु रायलाई हात पछाडि पारेर बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएसँगै यसमा मातहतका इन्सपेक्टर मुछिएका छन् ।
रायलाई आफ्नै कार्यालयका इन्स्पेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लागेको हो। सामाजिक संजालमा भाइरल भिडियोमा प्रहरी जवान रायले रुँदै बाँधिएको हात खोलिदिन खोलिदिन अनुरोध गरेको सुनिन्छ । उनीसँग दोहोरो संवादमा रहेको व्यक्तिले सोधेको प्रश्नमा उनेले भनेका छन्, ‘मैले रक्सी खाएको छैन, मेरो हात खोलिदिनुस्। मैले रक्सी खाएको प्रमाणित भए म जागिर छोड्छु।’
भिडियो संवादमा रहेका भनिएको इन्स्पेक्टर राईले पनि रक्सी खाए नखाएको जाँचपछि निस्किहाल्छ भन्दै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै गरेको सुनिन्छ।’प्रहरी जवान रायले भिडियोमा रुँदै ‘मलाई यसरी यातना नदिनुस् बरु मारिदिनुस्’ भनेको समेत सुनिन्छ ।
सार्वजनिक भिडियोले प्रहरीभित्र अझै पनि तल्लो दर्जाको कर्मचारीमाथि गरिने व्यवहार उदाङ्गिएको छ। ‘मुस्कान सहितको सेवा’ दिने प्रहरी आफैले आफ्ना कर्मचारीमाथि गरेको गैरन्यायिक व्यवहारको आलोचना भइरहेको छ ।
प्रहरी जवान रायले अधिक ड्युटी गराएको गुनासो गर्न इन्स्पेक्टर राइकामा पुगेका बखत इन्स्पेक्टर राईले गाली गलौज गरेको बताइएको छ। त्यसपछि जवान रायले पनि जवाफ फर्काएकापछि हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको दाबी गरिएको छ । रायका आफन्तले न्यायको लागि अदालत जाने बताएका छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रवीन्द्र राज पाण्डेले रायले मादक पदार्थ सेवन गरेको भनिए पनि मेडिकल रिपोर्टमा नदेखिएको बताए।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

