मृगौला रोग सुरु हुँदा देखिन्छन् यस्ता लक्षण
काठमाडौं । मानव शरीरको विभिन्न भागहरुमा विभिन्न रोगहरु लाग्ने गर्छ । शरीरमा लाग्ने विभिन्न प्रकारका रोगहरुबाट बच्न हामीले अनेकौं उपायहरु अपनाएका हुन्छौं । केहि रोगहरु ठीक भएतापनि रोगहरुको कारणले गर्दा कतिपय मानिसहरुको ज्यानसमेत जाने गरेको छ । त्यसैले समयमै रोगहरुको पहिचान गरी उपचार गर्नुपर्छ । प्राणघातक रोगहरु लाग्न नदिन आफ्नो स्वाथ्यको ख्याल गर्नुपर्छ । त्यस्ता रोगहरुमध्ये मृगौला रोग पनि एक हो । जसले कैयौं मानिसहरुको ज्यान जाने गर्दछ ।
हाम्रो शरीरमा दुई वटा मृगौला हुने गर्दछ । मृगौलामा लाखौंको रुपमा नेफ्रोन हुने गर्दछ । जसलाई फङ्सनल युनिट भनिन्छ । जुन नेप्रोनको सहायताले नै मृगौलाले रगतमा भएको विशुद्ध पदार्थहरुलाई छान्ने गर्दछ । मृगौलाले एक मिनेटमा एक सय २० मिलि लिटर रगत छान्छ भने एक दिनमा लगभग एक ७० लिटर छान्ने गर्दछ । जुन छानिएको रगत ९९ प्रतिशत रगतमै शोषित हुन्छ भने एक प्रतिशतमात्रै पिसाबको रुपमा विशुद्ध पदार्थ जाने गर्दछ । शरीरमा भएका विकार पदार्थहरु छानेर शुद्ध बनाउने गर्दछ र विभिन्न रोगहरुबाट बच्न सहयोग गर्दछ ।
विभिन्न कारणले गर्दा धेरै रोगहरु मधुमेह, प्रेसर बढ्दै जाने, काम गर्ने वातावरण नमिल्नु, अनावश्यक औषधि सेवन गर्नाले मृगौलाको रोगहरु बढिरहेको देखिन्छ । हामीले बेला–बेलामा कम्तिमा वर्षको एक पटक मृगौलाको परिक्षण गर्ने बानीको विकास गर्नु पर्दछ । कतिपय मृगौला रोगहरु लक्षणबिना नै पनी देखा पर्ने गर्छ । जब लक्षणहरु देखा पर्छन्, त्यतिबेलासम्म धेरै ढिला भईसकेको हुनसक्छ । मृगौलामा केहि रोगहरु भित्रबाटै वा आन्तरिक रुपमा नै मृगौलाको आफ्नै स्वरुप बिग्रिएर रोगहरु लाग्न सक्छन् ।
यदि मृगौला रोग लागेको सुरुकै अवस्थामा थाहा पाउन सके यसको उपचार सहज र सम्भव पनि छ ।
यस्ता छन् मृगौला रोगको लक्षणहरुः
- खुट्टा सुन्निनु
- विहान उठ्दा आँखाको वरिपरि सुन्निनु
- कमजोरी महशुस हुनु
- खान मन नलाग्नु
- वाकवाकी लाग्नु
- रगतको मात्रा कम हुनु
- पिसाब बढि लाग्नु
- पिसाबमा रङ्ग परिवर्तन हुनु र फिँज देखिनु
- छाला सुख्खा हुनु वा चिलाउनु
- खुट्टाको मासु फर्किनु
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
