रोपाइँ सकेर नहरमा नुहाउन गएकी एक युवतीको मृत्यु
जानकारी केन्द्र
२०८०, असार, ३१
बाँके । कोहलपुर– ४ बेलनपुरमा सिक्टा सिँचाई आयोजनाको नहरमा डुबेर बैजनाथ गाउँपालिकाकी एक युवतीको मृत्यु भएको छ ।
रोपाई सकेर नुहाउने क्रममा बैजनाथ– ३ की एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
डुबेर मृत्यु हुनेमा २३ वर्षीय तारा बस्नेत (लक्ष्मी) रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।
बस्नेतलाई तत्काल उद्धार गरेर मेडिकल कलेज कोहलपुर पुर्याइएपनि मृत्यु भएको थियो । रोपाइँ सकेपछि उनीसहित तीन जना सिक्टाको नहरमा नुहाउन गएका थिए ।
अन्य दुई जना भने सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

