ओली भन्छन्ः ‘पाँच हजार फिटमाथि उडेको हेलिकप्टरबाट झर्दा बाँच्छुजस्तो लागेको थिएन’
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू पाँच हजार फिटमाथि उडेको हेलिकप्टरबाट झरेर पनि बाँचेको दाबी गरेका छन् । उक्त घटना २०५२ सालको भएकासमेत उनले बताएका छन् ।
आज (आईतबार) सामाजिक सञ्जालमा उनले लेखेका छन्,
पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो ।
यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो । मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु । आगामी दिनमा पनि म आफ्ना यस्तै अनुभवहरू बाँड्दै जानेछु । च्यानल Subscribe गर्नुहोस् न है।
सम्बन्धित समाचार
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

