बालाजुमा बाबुबाट नाबालिग छोरी बलात्कृत
जानकारी केन्द्र
२०८०, श्रावण, ३
काठमाडौं । काठमाडौंको बोहराटारमा आफ्नै बुबाले नाबालिग छोरीलाई बलात्कार गरेको खुलेको छ । काठमाडौं महानगरपालिका १६ बोहराटारस्थित डेरा बस्ने दुई छोराछोरीका बाबुले बलात्कार गरेको भन्दै आमाले जाहेरी दिएकी हुन् ।
प्रहरीको अनुसन्धान सकेर मुद्दा अदालत पुगेको छ । जिल्ला सरकारी वकिल कार्यालयले हाडनाता करणीमा बाबुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
करिव ५ वर्ष पहिले श्रीमान श्रीमती छुट्टिएर बस्दै आएका थिए । तर दुई छोराछोरी भने बाबुसँगै बस्दै आएका थिए । जेठ २७ गते राति १५ वर्षीय छोरा साथीको घर गएको मौकामा रक्सी खाएर आएका बाबुले बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ ।
पीडित नाबालिगले भने यसअघि पनि आफूलाई बाबुले पटक पटक बलात्कार गरेको र यो कुरा कसैलाई नभन्न र भने ज्यान मार्ने धम्की दिएको बताएकी छन् ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

