अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित चार जना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७, बहराइन दिनार ३ सय ८ सहित रूपन्देही तिलोत्तमा नगरपालिका(९ तुल्सिपु घर भएका २४ वर्षीय अनिस थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
हिमालयन एयर लाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्यापिङ गरी चाउचाउको बिचमा लुकाई लैजान लागेको अवस्थामा उक्त विदेशी मुद्रा फेला परेको हो ।
थप अनुसन्धान एवम् सोधपुछको क्रममा मुद्राहरु रूपन्देही तिलोत्तमा नगरपालिका-९ घर भएका ३८ वर्षीय दिपेश राना लगायतका व्यक्तिहरुले दिएको भन्ने खुल्न आएपछि दिपेश राना लगायत ३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा फेला पारी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
