आयोडिन नुन सदरमुकाममा छ, गाउँमा छैन
जाजरकोट । कर्णालीमा अनुदानको आयोडिनयुक्त नुन ढुवानी गर्दै आएको साल्टटे«डिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठेक्कामार्फत पहल थालेको छ । अहिले सदरमुकामस्थित डिपोमा मात्र आयोडिन नुन रहेको अवस्था छ ।
सदरमुकामदेखि बाहिरका डिपोमा आयोडिनयुक्त नुन नहुँदा सर्वसाधारण नुनकै लागि सदरमुकाम पुग्ने गरेका छन् । सदरमुकामस्थित डिपोमा साल्टटे«डिङ कर्पोरेशन लिमिटेडका कर्मचारीले नुन वितरण गरिरहेका छन् । गाउँका डिपो तथा बिक्री केन्द्रमा ठेकेदारले आफैँ ढुवानी तथा बिक्री गर्दै आएका छन् । जाजरकोटका दल्ली र थलह डिपोमा नुन छ । अन्य डिपोमा नुन सकिएको छ । जुनिचाँदेको ताँगामा भने अहिले नुन नरहेको बताइएको छ । डोल्पाको सदरमुकाम दुनैबाहेक अन्य ठाउँमा अहिले आयोडिनयुक्त नुन छैन ।
जुफाल, काइगाउँ, सर्मी र लिकुमा आयोडिनयुक्त नुन नरहेको प्रदेश कार्यालय नेपालगञ्जले जनाएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रमा कोभिडपछि नुन नै ढुवानी हुन सकेको छैन । यहाँ केन्द्रीय कार्यालय आफैँले तिब्बतमार्फत नुन ढुवानी गर्दछ । एक हजार सात सय २५ क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ ।
रुकुम–पश्चिमको चौरजहारी र मुसिकोटमा दुई डिपो छन् । मुसिकोटमा मात्र नुन छ भने चौरजहारी नुन नरहेको बताइएको छ । जुम्लामा दुई डिपो र एक बिक्री केन्द्र रहेका छन् । त्यहाँ पनि सदरमुकामबाहेक अन्य ठाउँमा नुन छैन । कालीकोट सदरमुकामा डिपो छ भने अर्को रासकोटमा बिक्री केन्द्र छ । अहिले रासकोटमा नुन नरहेका अवस्था छ ।
हुम्लाको सदरमुकाम सिमकोटबाहेक बाहिरका डिपो तथा बिक्री केन्द्रमा नुन नरहेको सो कार्यालयले जनाएको छ । सर्केगाड, श्रीनगर, याल्वाङ्गमा बिक्री केन्द्रमा नुन नरहेको पाइएको छ । यहाँ हवाइमार्गमार्फत नुन ढुवानी हुने गरेको छ । मुगुको सदरमुकाममा डिपोबाहेक अन्य दुई ठाउँमा बिक्री केन्द्रमार्फत नुन वितरण हुँदै आएको छ । अहिले सदरमुकामबाहेक अन्य बिक्री केन्द्रमा नुन छैन । श्रीकोट र सोरुकोटमा नुन सकिएको लामो समय भयो ।
कुन ठाउँमा कति कोटा
रुकुम–पश्चिमको सदरमुकाममा तीन हजार सात सय १८ क्विन्टल कोटा निर्धारण गरिएको छ भने चौरजहारी बिक्री केन्द्रमा आठ सय ८५ क्विन्टल निर्धारण गरिएको छ । जाजरकोटको सदरमुकाममा एक हजार पाँच सय पाँच, दल्लीमा एक हजार ६२, थलहमा एक हजार ६२ र ताँगामा दुई सय ६५ दशमलव ५० क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । डोल्पा सदरमुकाममा पाँच सय ३१, जुफालमा तीन सय ५४, सर्मीमा एक सय ७७, काइगाउँमा एक सय ७७ र लिकुमा एक सय ७७ क्विन्टल कोटा निर्धारण गरिएको छ ।
तिन्जेमा एक हजार सात सय २५ दशमलव ७० क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । यो कोटा अपर्याप्त रहेको जनगुनासोसमेत आएको छ । मुगुको सदरमुकाममा एक हजार दुई सय ३९, श्रीकोटमा आठ सय ८५, सोरुकोटमा आठ सय ८५ क्विन्टल नुनको कोठा निर्धारण गरिएको छ ।
कालीकोट सदरमुकाममा तीन हजार पाँच सय ४०, रास्कोटमा एक हजार एक सय ५० दशमलव ५०, जुम्लाको सदरमुकाममा तीन हजार ९८, नराकोटमा सात सय ९६ दशमलव ५० र गोरुचौरमा आठ सय ८५ क्विन्टल कोटा निर्धारण गरिएको छ । हुम्लाको याल्वाङ्ग बिक्री केन्द्रमा चार सय ४२ दशमलव ५०, श्रीनगरमा आठ सय ८५ र सर्केगाडमा आठ सय ८५ क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । यहाँ बताए ।
कर्णालीमा २५ हजार क्विन्टल वार्षिक कोटा भएमा मात्र सबैलाई पुग्ने कार्यालय प्रमुख चौधरीले बताए । भारतबाट नुन आउने भएकाले कर्णालीको नुन नेपालगञ्जबाट ढुवानी हुने गरेको उनले बताए । सदरमुकाममा रहेका डिपोबाहेक अन्य ठाउँमा रहेका बिक्री केन्द्रमा ठेकेदार आफैँले ढुवानी गरेर आफैँले नुन बिक्री गर्दै आएका छन् । ठेकेदारले समयमै नुन ढुवानी नगर्दा कर्णालीका सर्वसाधारण हैरान हुँदै आएका छन् । आयोडिनयुक्त नुनको माग बढ्दै गए पनि सरकारले कोटा घटाउदै जाँदा समस्या हुने गरेको छ । बर्सेनि नुनको कोटा घटाउँदा दुर्गममा नागरिकलाई समस्या भएको जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ का कालीबहादुर खड्काले बताए । रासस
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
