भारतले खोल्यो धौलिगंगाको बाँध, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगंगा जलविद्युत् आयोजनाको बाँध खोलिएको छ । आज बिहान पाँच बजेदेखि बाँध खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
एनएचपिसी लिमिटेड, धौलिगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतले साउन ६ गते बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सिफ्ट फ्लसिङ सरसफाइको काम हुने भएकाले बाँध खोलिने बारे यसअघि नै पत्राचार गरेको थियो ।
बाँध खोलेपछि महाकालीको नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ । बैतडीका प्रमखु जिल्ला अधिकारी पन्थीले यसपटक १५ घन्टा बाँध खोलिने भएकाले महाकाली नदीको जलसतह तुलनात्मक रूमा बढ्ने अनुमान गरिएको जानकारी दिए ।
यद्यपि, जलसतह बारे बिहान १० बजेपछि मात्रै थाहा हुने उनले बताए । यसअघि असार २६ गते पनि उक्त परियोजनाको बाँध खोलिएको थियो । बाँध खोलिने भएपछि महाकाली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले बताए ।
जिल्लाभरका प्रत्येक वडा कार्यलयहरुमा फोन र एसएमएस गरी सतर्क रहन भनिएको र नदी तटीय क्षेत्रमा रहेका वस्तिहरू खाली गराइएको उनले बताए । धौलिगंगा बाँध खोलिँदा बैतडीमा भन्दा दार्चुलाका भूभाग जोखिममा पर्छन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले अहिलेसम्म कुनैपनि क्षति र जोखिमको जानकारी नआएको बताइन् । अहिले जलसतह खतराको तहमुनी नै रहेको उनले जानकारी दिइन् ।
बाँध खोलिने पत्र प्राप्त गरेपछि दार्चुला प्रशासनले पनि सबैलाई सतर्क रहन आग्रह गरेको थियो । यसअघि बाँध खोलिएको असार २६ गते पनि क्षति नभएको उनले बताइन् ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
