भदौभित्रै चीन भ्रमणमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण चाँडै नै हुने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भदौंभित्रमै प्रधानमन्त्री प्रचण्डले चीनको पनि भ्रमण गर्ने बताएका हुन् ।
‘प्रधानमन्त्रीको चीन भ्रमण पनि छिट्टै हुँदैछ । भदौंको पहिलो साता चीन भ्रमण हुनसक्छ रु चीनसँगको सम्बन्धलाई सुदृढ गर्ने कुरा हो । भारतसँगको सम्बन्ध हाम्रो सहजीकरण हुँदै गयो । केही सुदृढ भयो । चीनसँगको सम्बन्ध पनि सुदृढ गर्नुपर्छ र विश्वासको वातावरण अझ बढाउन पर्छ भन्ने हो,’– उनले भने ।
ललिता निवास जग्गा छानविन प्रक्रियाले सत्ता शंकटमा नपर्ने उनको दाबी छ । अनुसन्धानका क्रममा उक्त प्रकरणमा जो–जो जोडिए पनि कसैले उन्मुक्ति नपाउने उनको भनाई छ । भ्रष्टाचारले व्यवस्था र परिवर्तन नै धरापमा पर्न लागेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरोधी अभियान चलाएको उनको दाबी छ । प्रचण्डको अहिलेको भ्रष्टाचार विरोधी अभियानमा प्रचण्डलाई साह्रा जनताको साथ रहेको उनले बताए ।
‘कारबाही गर्नु नगर्नु उहाँ (प्रचण्ड) को कुरा होईन । कानुनी प्रक्रियाको कुरा पनि हो । अनुसन्धानको प्रक्रिया जारी रहेको छ । को–को त्यसमा जोडिन्छन् । उहाँ (प्रचण्ड) यी चिजहरुलाई अगाडि बढाउने पक्षमै हुनुहुन्छ । यो कुराले सत्ता खतरामा पर्दैन । पुराना पार्टीहरुले सरकारमा जो आएको भएपनि यो काम गर्नैपथ्र्यो । परिवर्तन नै धरापमा पर्ने खतरा भइराखेको थियो । जनतामा विस्तारै निराशा बढ्दै गइराखेको थियो । यो स्थितिमा जो आएपनि गर्नैपथ्र्यो । प्रचण्डले सुरुदेखि नै संकल्प गर्नुभयो र उहाँ अगाडि बढुन्ु भयो । केही मान्छेहरुले विरोध गरेपनि आम जनताले साथ छ भनिरहेका छन्,’– उनले भने ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

