• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ६ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ७ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ८ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ८ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  • २. मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

  • ३. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ४. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • ५. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ६. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ७. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ८. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • १०. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

एसईई पछिको प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर !

जानकारी केन्द्र २०८०, श्रावण, ८

काठमाडौँ । प्राविधिक तथा व्यवसायिक तालिम केन्द्र (सीटिइभिटी) ले एसइइ उत्तीर्ण गरेका विद्यार्थीहरुको लागि अहिले भर्ना खोलेको छ । एसइई पास गरेका विद्यार्थीहरुलाई मुख्यतया दुइवटा कार्यक्रमहरुमा एसइइ पछिको १८ महिनाको कोर्स हुन्छ जसलाई प्रि डिप्लोमा र अर्को तीन वर्षको कोर्सलाई डिप्लोमा तथा प्रमाणपत्र तहको कार्यक्रम भन्ने गरिन्छ । डिप्लोमा तर्फ ३२ वटा विभिन्न विषयहरुमा भर्ना खुलेको छ भने प्रि डिप्लोमा तर्फ भने २० वटा विषयहरुमा विभिन्न कार्यक्रमहरु रहेका छन् । यी कार्यक्रमहरुमा स्वास्थ्य, इञ्जिनीयरिङ, कृषि र होटल व्यवस्थापन समूहमा बाँडफाँड गरिएको छ । करीब अहिले भर्नाको हिसाबले हेर्दा सिटिइभिटीसँग ४५,००० विद्यार्थीलाई डिप्लोमा तहमा भर्ना गर्ने क्षमता छ भने बाँकी ३० हजार विद्यार्थीहरुलाई प्रि डिप्लोमा तहमा सिटीइभिटीले भर्ना लिंदैछ । अहिले ७५,००० को संख्याको लागि सूचना निस्किएको छ । अनलाइन मार्फत सम्पूर्ण भाइबहिनीहरुले यसमा आवेदन फर्म भर्न पाउनुहुनेछ ।

सिटिइभिटीले प्रत्येक कार्यक्रमको क्षमताको आधारमा १० प्रतिशत वर्गीय छात्रवृत्तिको व्यवस्था गरेको छ । मातृभूमिसँग कुरा गर्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभीटी) को परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यका अनुसार छात्रवृत्तिमा पढ्न चाहिने भाइबहिनीहरुले आफूले प्राप्त गरेका प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र वा जन्म दर्ताको प्रमाणपत्र, त्यसमा पिछडिएको वर्ग, क्षेत्र, समूह, दलित महिला, मुस्लिम लगायत १० वटा विभिन्न क्लस्टरमा रहनु भएका भाइबहिनीहरुले यसमा आवेदन गर्न पाउनुहुनेछ । उनी अगाडि भन्छन्, “यसको साथै एउटा महत्वपूर्ण कुरा के भन्न चाहन्छु भने छात्रवृत्तिको लागि भाइबहिनीहरुले सामुदायिक विद्यालय पढेको हुनुपर्दछ । नीजि विद्यालयमा पढेका भाइबहिनीहरुलाई हामीले यो व्यवस्था गरेका छैनौ ।”

सामुदायिक विद्यालयमा पढेका भाइबहिनीहरुले फर्म भर्न पर्नेछ । फर्मको व्यवस्था अनुसार श्रावण १२ गतेसम्म फर्मको लागि समय तोकिएको छ । फर्म दिएपछि भाइबहिनीहरुको क्लस्टरको आधारमा यो परीक्षा प्रदेश प्रदेशमा लिइन्छ । यसका लागि प्रदेश प्रदेशमा प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ । गण्डकी प्रदेश, सुदूरपश्चिम लगायतका सबै प्रदेशहरुमा सिटिइभिटीले कुन कुन प्रदेशमा कति वटा सिट छ भन्ने कुरा खुलाइसकेको छ त्यो भित्र भाइबहिनीहरुले प्रतिष्पर्धा गर्न पाउँछन् ।


यदि कुनै विद्यार्थी प्राविधिक शिक्षा लिन एकदम उत्सुक छन्, प्राविधिक शिक्षा लिएपछि रोजगारीमा जान चाहन्छन्, तर आर्थिक अवस्थाको कारणले म त पढ्न सक्दिन कि परिवारलाई बढी आर्थिक भार पर्छ कि भनेर चिन्तित छन् भने यो उनीहरुको लागि सुवर्ण अवसर हो । यसले गर्दा विगतमा यस्ता पहुँच पु(याउन नसकेका भाइबहिनीहरुलाई यस्ता कार्यक्रम मार्फत प्राविधिक शिक्षामा पहुँच पु(याउन सकेको कारणले आगामी दिनमा पनि पहुँच नपुगेका वर्ग, क्षेत्र र समुदायका भाइबहिनीहरुलाई यस्ता कार्यक्रममा सहभागी हुन परीक्षा नियन्त्रक आचार्य अनुरोध गर्दछन् ।

छात्रवृत्तिको लागि अनलाइन सिस्टम छ जसलाई आइटीएमएस भनिन्छ । त्यो भित्र प्रवेश गरिसकेपछि भाइबहिनीहरु आफै पनि गर्न सक्नुहुनेछ अर्थात शिक्षण संस्थाहरुमा गएर पनि उनीहरुलाई भोलुन्टीयरली कुनै पनि शुल्क नलिइकन आवेदन फर्म भरिदिन सीटिइभिटीले सबै हाम्रा शिक्षालयहरुलाई अनुरोध गरेको आचार्य बताउँछन् ।

सीटीइभिटीले १ हजार रुपैयाँ आवेदन वापत शुल्क तोकेको छ । त्यसको लागि ३२ वटा विषयहरुमा सबै गरेर ७५,००० क्षमता भएको कारणले गर्दा ७,५०० भाइबहिनीहरुले यो अवसर पाउँछन् । यसको लागि सीटिइभिटी र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ctevtexam.org.np  मा यसको विस्तृत विवरण आउँछ जुन कुरालाई सीटिइभिटीले विभिन्न संचार माध्यमबाट पनि भनेको छ । उनी अगाडि भन्छन्, “कुनै कुराहरुमा यहाँहरुलाई कन्फ्युजन भयो, कुनै गाह्रो भयो भने प्राविधिक शिक्ष तथा व्यवसायिक तालिम केन्द्र (सीटिइभिटी) बाट सम्बन्धन प्राप्त र स्वीकृति लिएका हाम्रा देशैभरिका स्कुलहरुमा गएर कसरी म यसमा सहभागी हुन सक्दछु भनेर यहाँहरुले जानकारी लिनुभयो अथवा स्वयम हाम्रा प्रदेश कार्यालयहरु हामीलाई पनि हटलाइनमा फोन गर्नुभयो भने हामी यस सम्बन्धमा प्रकाश पार्छौ ।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

ताजा

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.