श्रीमानले गरे श्रीमतीको हत्या
जानकारी केन्द्र
२०८०, श्रावण, १०
बारा । श्रीमानले श्रीमतीको घाँटी काटेर हत्या गरेका छन् । जिल्लाको सिमौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली बस्दै आएका राज चुडिहारले आज बिहान ३ बजेको समयमा सुतिरहेकी २७ वर्षीया श्रीमती आसमी चुडिहारलाई धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेका हुन् ।
स्थानीय जाहिर चुडीहारका ज्वाइ भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको पोखरिया निवासी ३६ वर्षीय राज चुडिहार विगत एक महिनादेखि ससुराली सिमौनगढमा बस्दै आएका थिए ।
राज चुडिहार श्रीमतीको हत्या गरी भाग्न खोज्दा स्थानीयहरुले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएका छन् ।
श्रीमान र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
