मध्यरात श्रीकोटमा जीप दुर्घटना, दुई जना घाइते
जानकारी केन्द्र
२०८०, श्रावण, १२
बैतडी । महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित तारलमा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बर जीप गएराति पौने १२ बजे तारलमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
दुर्घटनामा परी जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका–१ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन् । घाइते चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेलधुरा ‘रेफर’ गरिएको छ भने सहचालकको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
जीपमा चालक र सहचालक मात्रै सवार थिए । जीप सडकबाट १०० मिटर तल खसेको थियो । जीप दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

