Jankari Kendra
२५ आश्विन २०८३, आईतवार

महाकाली नदीमा जलसतह बढ्यो, यी क्षेत्रमा सतर्क रहन आग्रह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, १३
महाकाली नदीमा जलसतह बढ्यो, यी क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीमा जलसतह बढेको जनाएको छ । शनिबार बिहान एक सूचना जारी गर्दै विभागले महाकाली नदीको डडेलधुरास्थित पारिगाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह ५. ८० मिटर नजिक पुगेको जनाएको छ ।

जलसतह बढ्दो क्रममा रहेकाले डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेका व्यक्तिहरूले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स