Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

नेपालको एक झलक “पद्म चाल” फूल ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, १५
नेपालको एक झलक “पद्म चाल” फूल ?

१. कहिले सदुपयोग गर्न थाल्छन् होला नेपालीले, यस्ता मूल्यवान जडीबुटीहरुको वा फूलहरूको वा सुन्दरताको ?

२. नेपालको जम्मा ३,००० मिटर देखि ४,००० मिटर सम्मको हिमाली भेगमा यो प्रकारका अनुपम पदम चालका विरुवाहरु प्राकृतक रूपमा आफै उम्रने, उर्कने र पुन उम्रिएका हुन्छन् ।

३. स्थानीयहरुले यसलाई विभिन्न घरेलु उपचारको रुपमा प्रयोग गर्दै, अचारको रुपमा यसको बोट पनि खाने गरिन्छ ।

४. तर जरामा धेरै औषधिय गुण हुन्छ भनेर भनिएको पाइन्छ । सोही कारण पछिल्लो समय यसलाई जडिबटी संकलन कर्ताहरुले जरा उखेलेर भारत, चीन लगायतका मुलुकमा निर्यात गर्ने गरेको भन्ने पनि समाचार लेखिएको पाइन्छ ।

५. पदमचाल विशेष गरी फिरफिरे, गोब्रे सल्ला जस्ता रुखहरुको छेउछाउमा, थुम्कामा, केही खुला ठाउँ, ढुङ्गाको अन्तर तिर पाउन सकिन्छ । यसको बिरुवा साधरणतया एक देखि दुई मिटरसम्मको अग्लो हुन्छ । यसको जरा र जमिन मुनि हुने कान्ड कसिलो र गठिलो हुन्छ भने बाहिरी भाग केही चाउरी परेको हुन्छ ।

६. यसबाट सुगन्धित वास्ना पनि आउँछ । यसका पातहरु करीब करीब ३० सेन्टीमिटरको हुन्छन ।

७. पदमचालको फूलहरु साना तथा ठूलो ठूलो र रातो सेतो, हल्का पहेंलो रङ को पनि हुन्छ भनिन्छ । पदमचाल विशेषत नेपालको हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङ, गुल्मीमा समेत पाउने गर्छ  ।

८. कब्जियत, पखला लागेको, ज्वरो आएको, शरीरमा जलन भएमा, खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ ।

९. त्यस्तै, शरीरको कुनै भाग सुन्नियेको, मर्केको, भाँचिएको अवस्थामा पदमचालको जरा कुटेर गाइको गहुँतमा मिसाई लेपन लगाउनाले फाइदा गर्दछ  ।

 

Top Changing Nepal

युट्युब सट्स