Jankari Kendra
१८ आश्विन २०८३, आईतवार
Worldlink

कुटपिट गरेर सडकमा घिसार्ने भेटवाल एक लाख धरौटीमा छुटे

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, १६
कुटपिट गरेर सडकमा घिसार्ने भेटवाल एक लाख धरौटीमा छुटे

काठमाडौं । विराटनगरमा काम सकेर साइकलमा घर फर्कँदै गरेका मजदुरलाई कुटपिट गरेर सडकमा घिसार्ने कार चालक विराटनगर ४ का आयुष भेटवाललाई एक लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले एक लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी रिहा भएका हुन् । विराटनगर महानगरपालिका ४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गरेका थिए ।

आइतबार उनीविरूद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो । यसमा संलग्नरही हाल फरार रहेका व्यक्तिलाई पक्राउ गर्नं पनि अदालतबाट म्याद जारी भएको छ ।

काम गरेर साइकलमा घर फर्किरहेका बेला विराटनगर ६ का २७ वर्षीय पवनकुमार साह हलुवाईमाथि भेटुवालले गत असार २० गते राति दूध फारम चोकमा मुक्का प्रहार गरेर लडाएका थिए । त्यसपछि बेहोस भएका उनलाई घिसारेर छाडेका थिए ।

गलत दिशाबाट साइकल कुदाएको भन्दै बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटवालले कारबाट ओर्लिएर कुटेका थिए । घटना लगतै भिडिओ सार्वजनिक भएपछि आयुषलाई प्रहरीले पक्राउ गरेको थियो ।

Top Changing Nepal

युट्युब सट्स