प्रचण्डका ज्वाँइले तेस्रोपटक मन्त्री बन्न अड्डी कसेपछि माओवादीमा विवाद
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समारोह अन्तिम समयमा आएर रोकिएको छ । आज विहान १० बजेका लागि तय भएको शपथ बेलुका ५ बजेसम्मका लागि स्थगित भएको कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आन्तरिक तयारी नपुगेको भन्दै शपथग्रहण सरेको जनाएको छ । आन्तरिक तयारी नपुगेर शपथ सरेको भनिएतापनी प्रमुख सत्तारुढ घटक दल नेकपा माओवादी केन्द्रमा मन्त्री छान्ने विषयमा विवाद भएपछि शपथ सरेको उच्च स्रोतले जनाएको छ ।
नवनियुक्त मुख्यमन्त्री थापाले आज आफ्नो दलबाट प्रदीप सुनुवार, माओवादी केन्द्रबाट बाबुराम गौतम, र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई मन्त्री बनाउने तयारी गरेका थिए । मन्त्री बन्न लागेका माओवादी केन्द्रका सांसद गौतम प्रदेश सभाका निवर्तमान सभामुखसमेत हुन् ।
मुख्यमन्त्री थापालाई बहुमत पुर्याउन सभामुख पद त्यागेर राजनीतिलाई दाउमा लगाएका गौतमलाई माओवादी केन्द्रले राजेको मन्त्रालय दिएर मन्त्री बनाउने आश्वासनसहित सभामुखबाट राजीनामा दिन लगाएको थियो । मन्त्री बन्ने आशासहित सभामुख त्यागेका गौतमलाई मन्त्री बन्न नदिन उनकै दलका एक सांसद लागेपछि माओवादी केन्द्रमा विवाद सिर्जना भएको छ ।
माओवादी केन्द्र निकट उच्च स्रोतका अनुसार कोशीमा बाबुराम गौतमलाई मन्त्री बन्न नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाँईसमेत रहेका जीवन आचार्य लागेका छन् । आचार्यले गौतमको ठाउँमा आफुलाई नै मन्त्री बनाउनुपर्ने भन्दै अड्डी कसेपछि माओवादी केन्द्रमा विवाद सिर्जना भएको हो।
मन्त्री बन्न अड्डी कसेका आचार्य यसअघिपनि दुइ पटक मन्त्री बनिसकेका व्यक्ति हुन् । आचार्य पहिलोपट हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा उद्योग वन तथा वातावरण मन्त्री बनेका थिए । गत असार १५ गते हिक्मत नेतृत्वको सरकार ढलेर कांग्रेस नेतृत्वमा सरकार बनेपछि आचार्यले शक्तिशाली मानिने आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका थिए । हिक्मत सरकार ढालेर थापाको नेतृत्वमा सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेका भनिएका आचार्यले हिक्मत सरकार ढालेबापत शक्तिशाली मन्त्रीको जिम्मेवारी पाएको चर्चा माओवादी वृतमा चलिरहेका छ ।
तर उद्धव थापा नेतृत्वको सरकार २२ दिनमै अदालतको परमादेशले ढलेपछि मन्त्रीबाट बाहिरिएका आचार्यले तेस्रोपटक मन्त्री बन्न केन्द्रीय तहमा तिब्र लबिङ गरिरहेका छन् । जसरीपनि आफुलाइ मन्त्री बनाउन केन्द्रीय नेतृत्वलाई दवाव दिएपछि माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको छ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

