• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • ६ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • ७ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ९ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १० घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १० घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ११ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ११ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा प्रवेश

  • २. चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

  • ३. नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

  • ४. २०८३ असार १७ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

  • ६. नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

  • ७. ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

  • ८. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • ९. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • १०. आज यी स्थानमा भारी वर्षाको सम्भावना

पर्यटक तान्दै रिघा उदय बुद्धविहार

जानकारी केन्द्र २०८०, श्रावण, १७

ढोरपाटन । वरपर जङगलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्धविहार । उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार निकै सुन्दर देखिने भएकाले पछिल्लो समय यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

बाह्र वर्ष अगाडि शिलान्यास गरिएको विहार केही महिना अगाडि मात्रै सञ्चालनमा आएको हो । विहार सञ्चालनमा आएपछि दैनिक आन्तरिक पर्यटक घुम्न आउन थालेका हुन् । उच्च पहाडी हावापानी, शान्त वातावरण र चिरविर चराचुरुङ्गीको आवाजले आगन्तुकलाई थप आकर्षित गर्छ । मध्यपहाडी लोकमार्गदेखि आधा घण्टाको उकालो यात्रामा पुग्न सकिने बुद्धविहार नजिकै रिघा गाउँ छ । मौलिक गाउँका रुपमा परिचित गाउँवासीले पर्यटकलाई आकर्षित गरेकै थियो, त्यसमाथि नवनिर्मित बुद्धविहारका कारण दैनिक घुम्न आउने आगन्तुकको सङ्ख्या बढ्न थालेको हो ।

उक्त गाउँ र बुद्धविहारसँगै यस ठाउँबाट देखिने अनगिन्ती दृश्यले पर्यटकलाई मोहित गराउँछ । कच्ची सडक हुँदा यात्रामा केही कठिनाई भए पनि विहार क्षेत्रमा पुग्दा धेरैको थकान, भोक र प्यास मेटिन्छ । प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको विहार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर घर्ती काउचाले बताए।

विहार क्षेत्र प्राकृतिक सौन्दर्यको हिसाबले निकै मनोरम भएर पनि आवश्यक पूर्वाधार निर्माण हुन नसकेको उनको भनाइ थियो । अध्यक्ष काउचाले लामो समयको मेहनतपछि अहिले विहार सञ्चालनमा आएको सुनाउँदै अब यसको प्रचारप्रचारमा लाग्नुपर्ने बताए ।“रिघा आफै पनि पर्यटकीय ठाउँ हो, यहाँको सुन्दरता र मौलिकता ओझेलमा प¥यो, अहिले केही परिर्वतन हुन थालेको छ, प्रचार हुन थालेको छ, त्यही भएर पनि होला मान्छेहरु पनि आउन थालेका छन्,” उनले भने, “धार्मिक आस्था राख्नेहरू पनि प्रवचन सुन्न आउने गर्छन् भने, अरुहरू फोटो तथा भिडियो खिचेर जान्छन्, पहिले खासै मान्छे आउँदैनथे, अहिले दिनदिनै आउने गरेको पाएको छु, रिघामा आउने धेरैजसो बुद्धविहारसम्म जान्छन् ।”

बुद्धविहार स्थानीयवासीको जनश्रमदानसहित करिब एक करोडको लागतमा निर्माण भएको हो । करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको विहारलाई प्रवद्र्धनका लागि हरेक वर्ष बजेट विनियोजन गरेर काम गरिँदै आइएको गलकोट नगरपालिका–११ का अध्यक्ष डम्मर श्रीसले बताए ।

केही समय अगाडिसम्म गुमनामजस्तै रहेको यस क्षेत्रबारे अहिले प्रचार हुन थालेको भन्दै अब गलकोट क्षेत्रझै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्नसक्ने उनको भनाइ थियो। अब विहार क्षेत्रमा पर्यटक बढाउन पदमार्ग, प्रतिक्षालय, खानेपानी व्यवस्थापन बगैँचा र पोखरी निर्माण गरिने र वरपरका क्षेत्रलाई पिकनिक स्पटका रुपमा विकास गरिने वडाध्यक्ष श्रीसले उल्लेख गरे। चालु आर्थिक वर्षमा गण्डकी प्रदेशबाट १५ लाख विनियोजन भएकाले यसबाट विहारको तला थपिने र बगैँचा पनि निर्माण गरिने उनले जानकारी गराए ।

हाल यस क्षेत्रमा वृक्षरोपण भइरहेको छ । राष्ट्रिय लोकमार्ग नजिकै रहेको हुँदा यस क्षेत्रमा विदेशीका साथै धार्मिक पर्यटक पनि आउने सम्भावना रहेको छ । अहिले विहारमा बौद्ध दर्शनका बारेमा प्रवचन दिइनाका साथै बेलाबेलामा भिक्षु आउने गरेका छन् । लोकमार्गदेखि विहारसम्म पुग्ने सडक अप्ठ्यारो रहेको हुँदा यसलाई व्यवस्थित गर्न प्रदेश र केन्द्र सरकारसँग सहयोग मागिने वडाध्यक्ष श्रीसले बताए ।

“रिघा गाउँ र बुद्धविहारलाई जोडेर ‘पयटकीय हब’ का रुपमा विकास गर्ने योजना बनाएका छौँ, यहाँको कला, संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यलाई अब देश विदेशसम्म फैलाउनु छ,” उनले भने, “यहाँ भौतिक पूर्वाधार निर्माण गर्ने चरणमा छौँ, हरेक वर्ष काम पनि भइरहेको छ, यहाँ आउने सडक अलिकति अप्ठ्यारो छ, यसलाई व्यवस्थित गर्नका लागि पनि माथिल्लो निकायसँग आग्रह गरेका छौँ, पहिलेको तुलनामा अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ ।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

ताजा

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.