Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

रवि लामिछानेद्वारा नेपाल फर्कन चाहनेहरुको लागि जागिरको अफर, फ्रि–टिकेटको व्यवस्था

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, श्रावण, १७
रवि लामिछानेद्वारा नेपाल फर्कन चाहनेहरुको लागि जागिरको अफर, फ्रि–टिकेटको व्यवस्था

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशबाट नेपाल फर्कन चाहनेहरुको लागि रोजगारीको व्यवस्था गरेको जनाएका छन् । उनले अहिलेलाई १०० भनदा बढि जागिरको व्यवस्था गरेको उल्लेख गरेका छन् ।

आफूले वाचा गरेअनुसार नै फ्री–टिकेटमा नेपाल फर्कन चाहनेका लागि आफूले जागिरको व्यवस्था गरेको उनको भनाई छ । उनले आफूले उपनिर्वाचनमा विजय हाँसिल गरेको आज एक सय दिन पूरा भएको उपलक्ष्यमा यस्तो व्यवस्था गरिएको सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्:

यी विज्ञापनहरु विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरुमा छापिएका छन् , छापिदैछन्। चुनावमा आफुले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेकालागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं, त्यो पनि ूबिना ढेउवा केू। अहिलेकालागि यी रोजगारी खोजीएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौं। मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिदैछु। भोलि दिन भरी मलाई फेसबुकमा फलो गरिदिनु होला।

 

Top Changing Nepal

युट्युब सट्स