दुई मोटरसाइकल एक आपसमा ठोक्किँयो, ४ जना घाइते
जानकारी केन्द्र
२०८०, श्रावण, १७
काठमाडौं । स्याङ्जाको गल्याङमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा जार जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ नगरपालिका वडा नं.८ चिउरीमा गए राती दुई मोटरसाइकल ठोकिँएका हुन् ।
वालिङबाट गल्याङ तर्फ जाँदै गरेको म.प्र. ०३–०२९ प. २८८३ नं. को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु १४ प ५३८७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा परि गल्याङ ११ का ३७ वर्षीय पदम सिंजाली, कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ का २६ वर्षीय सन्देश गुरुङ, वालिङ ९ का २६ वर्षीय बिशाल हिताङ घाइते भएका छन् ।
यस्तै पर्साको वीरगन्ज महानगरपालिका २ घण्टाघर घर भई वालिङ बस्दै आएका २० वर्षीय भोला चौधरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घाइते चारै जनाको वालिङ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

