दुई मोटरसाइकल एक आपसमा ठोक्किँयो, ४ जना घाइते
जानकारी केन्द्र
२०८०, श्रावण, १७
काठमाडौं । स्याङ्जाको गल्याङमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा जार जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ नगरपालिका वडा नं.८ चिउरीमा गए राती दुई मोटरसाइकल ठोकिँएका हुन् ।
वालिङबाट गल्याङ तर्फ जाँदै गरेको म.प्र. ०३–०२९ प. २८८३ नं. को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु १४ प ५३८७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा परि गल्याङ ११ का ३७ वर्षीय पदम सिंजाली, कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ का २६ वर्षीय सन्देश गुरुङ, वालिङ ९ का २६ वर्षीय बिशाल हिताङ घाइते भएका छन् ।
यस्तै पर्साको वीरगन्ज महानगरपालिका २ घण्टाघर घर भई वालिङ बस्दै आएका २० वर्षीय भोला चौधरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घाइते चारै जनाको वालिङ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
