सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गर्ने पाँच जना पक्राउ
काठमाडौ । काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी लगायतका स्थानहरूमा सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गरेको अभियोगमा ५ जनालाई काठमाडौं जोरपाटीबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्याम बहादुर लामा, काठमाडौं कागेश्वर मनहरा डाँछी बस्ने ३६ वर्षीय भिम बहादुर बस्नेत, कागेश्वर मनहरा मुलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रविण तामाङ र रामेछाप गोकुलगंगा घर भई काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय बिक्की लामा (बाफ्ले) रहेका छन् ।
सर्वसाधारणलाई कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका आपराधिक गतिविधिमा संलग्न रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

