सुन काण्ड सामसुम हुन्छ, किनकि माथि कोही न कोही संलग्न छ : डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक सय किलो सुन प्रकरण सामसुम पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाको पदस्थापन समारोहमा डा। कोइरालाले भ्रष्टाचारको एक काण्डलाई सामसुम पार्न अर्को काण्ड ल्याउने गरिएकोले सुन प्रकरण पनि सामसुम हुने बताए ।
‘एउटा इस्यु आउँछ त्यसलाइ गर्दागर्दै अर्को इस्यु आउँछ अनि पुरानो इस्यु साइड लागिहाल्छ’, कोइरालाले भने । सुन तस्करीमा माथिल्लै तहका व्यक्तिहरू संलग्न रहेको उनको आशंका छ । उनले भ्रष्टाचार र तस्करीका नाइकेहरू छुट्ने तर टिप्पणी उठाउने शाखा अधिकृतहरू जेल पर्ने खालका गतिविधि भइरहेको बताए ।
‘टिप्पणी उठाउने शाखा अधिकृतहरू जेलमा हुन्छन् निर्णयकर्ता छुट्छ्न । सुन काण्ड पनि सामसुम हुन्छ । किनकि माथि कोही न कोही इन्भल्व छ’, कोइरालाले भने । उनले सुन तस्करीमा संलग्न नेपालीहरू विचौलियाका पनि विचौलिया रहेको कुरा खुलिरहेको बताए ।
‘१३ सय टन खपत हुने भारतमा ८ सय टन मात्र आयात गर्दो रहेछ । नेपालीहरू विचौलियाको पनि विचौलिया रहेछन् । नेपालबाट कति सुन गइरहेको होला । त्यसमा को नेपाली इन्भल्वभन्दा पनि नेपालको सुरक्षा नाजुक रहेछ भन्ने देखाउँछ’, कोइरालाले भने ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

