३१औं प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भरप्रसाद श्रेष्ठ को हुन् ?
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्की भोलिबाट अनिवार्य अवकाशमा जाँदैछन् । गत असार १ गतेबाट ३०औं प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।
नेपालको संविधान अनुसार संवैधानिक निकायका पदाधिकारी हरुको पद रिक्त हुनु एक महिना अगाडिनै संवैधानिक परिषद्को बैठकबसी नाम सिफारिस गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा सभामुख, उपसभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था रहेको छ । संवैधानिक परिषद्कले सिफारिस गरेको व्यक्तिलाई संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ गरि अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानूनी प्रावधान रहेको छ ।
संवैधानिक परिषद्मा सत्तारुढ दलको प्रष्ट बहुमत नभएको कारण प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना अगाडिनै सिफारिस गर्न सम्भव भएन । दलहरुबीच भागबन्डामा कुरा नमिल्दा र प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीका अडानका कारण समय घर्किँदै गएपछि बिहीबार बसेको बैठकले आगामी ३१औं प्रधानन्यायाधीशको रुपमा सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठ सर्वोच्चका वरिष्ठतम न्यायाधीश हुन् ।
को हुन् प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठ ?
विश्वम्भरप्रसाद श्रेष्ठको जन्म बिंसं २०१६ साल असोज २० गते सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा भएको थियो । डोटीमा जन्मिएतापनि श्रेष्ठ कैलालीमा हुर्किएका हुन् भने प्रारम्भिक शिक्षा पनि कैलालीमै लिएका हुन् । कानूनमा स्नातकोत्तर गरेका श्रेष्ठ २०३८ सालमा अस्थायीरुपमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।
२०४१ सालमा स्थायी बनेका श्रेष्ठले हालसम्म दार्चुला, डडेलधुरा, उदयपुर, मकवानपुर, झापा, बाँके र काठमाडौं जिल्ला अदालतका न्यायाधीश बनेर काम गरेका छन् । २०६२ सालमा पुनरावेदन अदालत बाग्लुङका न्यायाधीशमा नियुक्त भएका श्रेष्ठले त्यसपछि विभिन्न समयमा पुनरावेदन अदालत पाटन र पोखरामासमेत न्यायाधीश भएर सेवा गरेका छन् । २०७१ भाद्र १० गते पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीशमा नियुक्त भएका श्रेष्ठ २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन् ।
क्याडर जज श्रेष्ठ नम्र स्वभाव र न्यायिक निष्पक्षतालाई ध्यान दिने न्यायाधीशकारुपमा चिनिन्छन् । अहिलेसम्म कुनैपनि विवादमा नतानिएका श्रेष्ठ ६५ वर्षे उमेरहदका कारण २०८१ असोज १९ गते अनिर्वाय अवकाशमा जानेहुँदा उनले १४ महिना सर्वोच्च प्रशासनको नेतृत्व सम्हाल्नेछन् । संवैधानिक परिषद्बाट सिफारिसमा परेपनि संसदीय सुनुवाईका प्रक्रिया पुरा गर्न समय लाग्ने भएकाले श्रेष्ठले भोलिबाट सर्वोच्चको कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।
क्याडर जज रहेका श्रेष्ठ हालसम्म न्याय सम्पादनमा कुनैपनि विवादमा नपरेका,स्वच्छ छवी भएका हुँदा उनी सर्वसम्मतरुपमा संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अनुमोदित हुने निश्चित रहेको देखिन्छ ।
श्रेष्ठ गोरखादक्षिण बाहू चौथो २०४८,गोरखादक्षिण बाहू तेश्रो २०६१ बाट विभूषित भएका छन् ।
सम्बन्धित समाचार
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

