सरकारी क्याम्पसमा दुई गुणा शुल्क वृद्धिप्रति थापाथली क्याम्पसका विद्यार्थीहरुको विरोध प्रदर्शन
काठमाडौँ । सरकारी क्याम्पसमा दुई गुणा शुल्क हुने समाचारप्रति थापाथली क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा विभिन्न नारा भएको प्लेकार्ड लिएर विद्यार्थीहरु सरकारको कदमको विरोध गर्दै थापाथली क्याम्पसको गेटमा जम्मा भएका थिए । सम्भावित हुल हुज्जतलाई विचार गरेर प्रहरी प्रशासनले पर्याप्त मात्रामा प्रहरी परिचालन गरेको थियो ।
उक्त विरोध प्रदर्शनलाई लिएर स्वतन्त्र विद्यार्थी युनियन इ.अ.सं. थापाथली क्याम्पसले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “विद्यार्थीहरु विरोध प्रदर्शनमा प्राविधिक शिक्षा राष्ट्र निर्माणको प्रथम खुड्किलो भएको कुरा सारगर्भित तथ्य हो । कुनै पनि राष्ट्रले प्रविधिमा प्रगति नगरिकन विकासको मार्ग तय गर्न सक्दैन । तसर्थ हरेक उन्नत राष्ट्रले सरकारी तवरबाटै विज्ञान प्रविधिमा यथेष्ट लगानी र उत्कृष्ट व्यवस्थापन गरेको देखिन्छ ।”
विज्ञप्तिमा अगाडि भनिएको छ, “नेपालमा पनि प्राविधिक शिक्षाको विजारोपण भएको दशकौँ भइसकेको छ । यद्यपि प्राविधिक शिक्षाको अवस्था भने झनै खस्कँदै गएको देखिन्छ । दिनदिनै परिमार्जित हुने विज्ञान–प्रविधिका विषयहरूलाई दशक अगाडीको पाठ्यक्रम अनुरूप पढाइन्छ । सरकारी क्याम्पसहरूमा विद्यार्थीलाई आवश्यक पर्ने स्रोतसाधनको कमी छ। क्यामपसको लापरवाहीले कक्षाहरू कहिल्यै नियमित रूपमा हुँदैनन् । प्राविधिक शिक्षा नै प्रविधिमैत्री हुन सकेको छैन । यसले गर्दा प्राविधिक शिक्षा अध्ययन गर्न चाहने युवाहरूको व्यापक विदेश पलायन भइराखेको छ । देशभित्रै पनि भर्खरै खुलेका निजी शैक्षिक संस्थाहरूले उल्लेख्य प्रगति गरिरहँदा सरकारी संस्थाहरू भने मूकदर्शक मात्रै बन्न पुगेका छन् । यस्तो विषम परिस्थितिमा पनि सरकारले शिक्षाजस्तो आधारभूत क्षेत्रमा लगानी गर्न हिच्किचाइरहेको छ । सरकारी क्याम्पसमै दुई गुणाले शुल्कवृद्धि हुने समाचार आइरहेको छ । सरकारले किन आम जनतालाई सर्वसुलभ एवम् गुणस्तरीय शिक्षाबाट वश्चित गर्ने प्रयत्न गरेको हो ?”
तसर्थ सरकारको गैरजिम्मेवारीपूर्ण आचरणको विरोध गर्दै आज स्वतन्त्र विद्यार्थी युनियनले वृहत् भेला र सांकेतिक प्रदर्शन गरेको विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा देशको सर्वोपरि हितको लागि सरकारले प्राविधिक शिक्षाको महत्वलाई मनन् गर्दै दूरगामी रेखाचित्र बनाएर अविलम्व ठोस प्रयत्न गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

