३४ वर्षीय श्रीमानले गरे २२ वर्षीया श्रीमतीको हत्या
जानकारी केन्द्र
२०८०, श्रावण, २०
कञ्चनपुर । कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजका ३४ वर्षीय प्रेमबहादुर बुढा क्षेत्रीलाई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।
शुक्रबार राति ११ बजे उनले तरकारी काट्ने चक्कु प्रहार गरी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताए । गम्भीर घाइते द्रोपतीलाई उपचारको लागि प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र दोधारा पठाए पनि उनलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।
घरायसी विवादमा उनले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको प्रवक्ता डाँगीले बताए । उनलाई पक्राउ गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

