३४ वर्षीय श्रीमानले गरे २२ वर्षीया श्रीमतीको हत्या
जानकारी केन्द्र
२०८०, श्रावण, २०
कञ्चनपुर । कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजका ३४ वर्षीय प्रेमबहादुर बुढा क्षेत्रीलाई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।
शुक्रबार राति ११ बजे उनले तरकारी काट्ने चक्कु प्रहार गरी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताए । गम्भीर घाइते द्रोपतीलाई उपचारको लागि प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र दोधारा पठाए पनि उनलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।
घरायसी विवादमा उनले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको प्रवक्ता डाँगीले बताए । उनलाई पक्राउ गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
