• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ असार २०८३, शनिबार
१३ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने
  • ६ घण्टा 

२०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • २१ घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • २२ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • २४ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १ दिन 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १ दिन 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १ दिन 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

  • २. ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

  • ३. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ४. ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा

  • ५. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ६. २०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

  • ८. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • ९. कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

  • १०. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

शिव सर्किटको शुभारम्भ

जानकारी केन्द्र २०८०, श्रावण, २१

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित धर्मेश्वर मन्दिरमा बिहान ८ बजे पहेंलो टिसर्ट लगाएका एकहुल मानिस प्रवेश गरे । मन्दिरमा पूजा एवं दर्शन गर्न आएका स्थानीय एकछिन त बोलबम आए कि भनेर नियाले । त्यसैबेला वडाध्यक्ष प्रदीप कार्कीले मन्दिरमा आउने सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना (भट्टराई), वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारी लगायतलाई स्वागत गर्दै मन्दिरका बारेमा जानकारी दिन थाले ।

‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने नाराका साथ धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाले निर्माण गरेको शिव सर्किटको परिक्रमा गर्दै यसको प्रचारप्रसार गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाका प्रमुख थापाको नेतृत्वमा आयोजना गरेको शिव सर्किट (परिपथ) परिक्रमा कार्यक्रममा यस नगरभित्रका १५ वटा शिवालयको एकैदिन परिक्रमा गरिएको हो ।

शिव सर्किट परिक्रमा कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख थापा, उपप्रमुख भट्टराई, वडा नं १ देखि १० सम्मका वडाध्यक्ष क्रमशः सानुकाजी कायस्थ, प्रदीप कार्की, दीपेन्द्र केसी, लछुराम न्यौपाने, राजकुमार जोशी, ईश्वर खड्का, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत, भगवान खत्री, शिवराम राउत, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, सूचना अधिकारी अनिरुद्र नेपाल, कार्यपालिकाका सदस्यहरु, कर्मचारीलगायत १०० भन्दा बढीको सहभागिता रहेको थियो । वडा नं १ देखि १० सम्मका ऐतिहासिक, पुरातात्विक महत्व बोकेको शिव मन्दिरको परिक्रमा गरी यहाँको महत्वकोबारेमा जानकारी प्रदान गरिएको थियो ।

नगर प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाको १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरलाई एउटै रुटबाट जोडेर सवारीसाधन र पैदल दुवै मार्गबाट भ्रमण एवं परिक्रमा गर्न सकिने गरी नगरपालिकाले निर्माण गरेको शिव सर्किटले धार्मिक पर्यटनको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धनमा टेवा पु¥याउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवं विकास गर्ने र सूर्यविनायक नगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रको भौतिक तथा आर्थिक विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यले शिव सर्किट निर्माण गरेका हौँ ।”

यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले एकैदिन यहाँका प्रसिद्ध १४ वटा शिवालय र प्रसिद्ध सूर्यविनायक गणेश मन्दिरसम्म दर्शन एवं पूजा गर्न सकिने र यहाँको डाँडाकाडा नियाल्दै प्राकृतिक सौन्दर्यताको आनन्द लिन सकिनेछ । पर्यटक एवं दर्शनार्थीलाई सजिलैसँग शिव सर्किटअन्तर्गत रहेका यहाँका शिवालयको परिक्रमा गर्न सकिने गरी नगरपालिकाले यहाँका प्रत्येक ग्रामीण क्षेत्रका सडकलाई कालोपत्र गरी पक्की बनाइएको छ ।

अनन्तलिङ्ेश्वर नगरपालिका र सूर्यविनायक नगरपालिकालाई गाभेर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविसअन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध १५ वटा शिव मन्दिरमा पुग्न एउटै सडक प्रयोग गर्ने गरी नगरपालिकाले शिव सर्किट निर्माण गरेको नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना (भट्टराई) ले जानकारी दिए ।

नगरपालिकाले १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरहरुको विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, वडाध्यक्षहरु र सरोकारवालाहरुसँग शिव सर्किट सञ्चालन गर्नेबारेमा छलफल गरिएको थियो । मन्दिर आएका आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सहयोग गर्ने, एक मन्दिरबाट अर्को मन्दिरमा जान अभिप्रेरित गर्ने र आवश्यक समन्वय गर्ने निर्णय भएको थियो । नगरपालिकाको सूर्यविनायक नपा–२ बालकोट सुरु गरेर वडा नं १० चित्तपोलमा लगेर टुङ्गिने गरी यहाँका १५ वटा मन्दिर पुगिने शिव सर्किटको रुट निर्धारण गरिएको थियो ।

बालकोटको धर्मेश्वरबाट सुरु भई क्रमशः सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर र चरखण्डी, दधिकोटको अनन्तलिङ्गेश्वर, गुण्डुको मत्स्यश्वर, रामभक्तेश्वर, कटुञ्जेको सुवर्णेश्वर, सूर्यविनायक गणेश मन्दिर, सिपाडोलको डोलेश्वर, नंखेलको नन्दीकेश्वर, सिपाडोलको आशापुरी, चित्तपोलको कैलशानाथ, लटरम्बेश्वर र महाकालेश्वर मन्दिर जोडदै निर्माण गरिएको शिव सर्किटले पूर्णता पाएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिए ।

सडक सञ्जाल जोडेर सवारी साधनबाटै सबै शिव मन्दिरमा पुग्न सकिने र पैदलयात्रीका लागि पदमार्गको समेत पहिचान गरि पदमार्गको निर्माण गरिएको छ । पदमार्गबाटै यात्रा गर्दा पनि एक दिनभरीमा यात्रा पूरा गर्न सकिन्छ । शिव सर्किट परिक्रमा गर्दै वडा नं ८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायकको डोलेश्वर महादेव, आशापुरी महादेव, कैलाशनाम महादेवमा बढी दर्शनार्थी आउने गरेपनि यहाँ आउने दर्शनार्थी एवं पर्यटकलाई एकै दिनमा यहाँका सबै शिव मन्दिरमा जान पे्ररित गरिने बताए ।

डोलेश्वर महादेव मन्दिर केदारनाथको शिर रहेको पत्ता लागेपछि यहाँ धार्मिक पर्यटनको सम्भावना निकै बढेको, भारतबाट यहाँ आउने पर्यटक एवं दर्शनार्थीको सङ्ख्या बढ्दो छ । यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटक एवं भक्तालुलाई सबै मन्दिरमा जान अभिप्रेरित गर्ने सबै मन्दिरमा नगरपालिकाले शिव सर्किटको रुटसहितको नक्सासमेत राखिएको छ । सूर्यविनायक नपाको वडा नं ९ र १० को सिमानामा एक करोड १६ लाखको लागतमा निर्माण सम्पन्न गरी हाल नगरपालिकाले सञ्चालनमा ल्याएको २४४ मिटर लामो झोलुङ्गे पुलले पनि शिव सर्किटलाई जोडेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने
२०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

२०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.