Jankari Kendra
१३ श्रावण २०८३, बुधबार
Worldlink

बाइक चेकजाँच गर्दा बजारमै कुटिए प्रहरी जवान

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, श्रावण, २४
बाइक चेकजाँच गर्दा बजारमै कुटिए प्रहरी जवान

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी अन्तरगत हालै गठन गरिएको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) टोलीका एक जवानले कुटाइ खाएका छन् ।

कञ्चनपुरको पुर्नवास नगरपालिका ११ को टाउके बजारमा आरआईटीमा कार्यरत प्रहरी जवान रञ्जित साउँदले युवाको समूह सडकमा उतारेर मोटरसाइकल चेकजाँच गर्दै दुःख दिएपछि स्थानीयले कुटपिट गरेका हुन् ।

साउँदले मदिरा सेवन गरेर सादा पोशाकमा मोटरसाइकल चेकजाँच गर्दै लाइसेन्स र ब्लुबुक मागेर हैरान गर्न थालेपछि हातपात गर्न बाध्य भएको स्थानीयले बताएका छन् ।

पुर्नवास नगरपालिका ११ का वडाध्यक्ष तुलसी अर्यालले प्रहरी जवान साउँदले सवारी साधन चेकजाँच गर्दै दुःख दिएको खबर पाएपछि सोमबार आफू पनि घटनास्थलमा पुगेको बताए ।

तर, अर्यालले आफू त्यहाँ पुग्ने बेलासम्म स्थानीयको एउटा समूहले कुटपिट गरेपछि प्रहरी जवान भागेको उनले बताए । स्रोतका अनुसार उनलाई बैतडीबाट ल्याएर आरआइटीमा राखिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले घटनाबारे रिर्पोटिङ नभएको दाबी गरे । आरआइटी स्रोतले भने घटनापछि साउँदको फेरि बैतडी नै सरुवा गरिएको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स