गौरा पर्व भदौ ७ गते मनाउन अठोला पञ्चाङ्गको आह्वान
काठमाडौँ । सुदूरपश्चिम प्रदेशबाट प्रकाशन भइरहेको अठोला पञ्चाङ्गले भदौ ७ गते नै गौरा पर्व मनाउनु शास्त्रसम्मत् हुने जनाएको छ । सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा गौरापर्व अरु दिनमा मनाउनुपर्ने भनी गरिएको प्रचारप्रसार शास्त्रसम्मत् नरहेको पञ्चाङ्गका तर्फबाट आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गौरा पर्व विरुडा पञ्चमीदेखि अष्टमीसम्म चार दिन सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा मनाइने गरिन्छ । यस वर्ष भदौ २१ गते गौरा पर्व मनाउनुपर्ने भनी प्रचारप्रसार गरिएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त दिन बिहान चार बजे अगस्त्य उदय हुने हुँदा पर्व मनाउन उपयुक्त नहुने पञ्चाङ्गका कानुनी सल्लाहकार जगतप्रसाद जोशीले बताए । उनका अनुसार शास्त्रीय ग्रन्थमा अगस्त्य उदय भएपछि गौरापर्व मनाउन नहुने कुरा उल्लेख गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त अठोला पात्रोले यसअघि पनि शास्त्रसम्मत् निर्णय दिएकाले गौरा पर्व भदौ ७ गते नै मनाउनु शास्त्रसम्मत् हुने विज्ञप्तिमा जनाइएको छ ।
मानसखण्ड पञ्चाङ्गमा गौरापर्व भदौ २१ गते मनाउनुपर्ने भनी भ्रम सिर्जना गरिएको जनाउँदै जोशीले उक्त पात्रो नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिइ प्रकाशन भएको जानकारी दिए । उनका अनुसार यसलाई समितिले कारबाहीको सुचीमा राखेको छ ।
कानुनी सल्लाहकार जोशी, पञ्चाङ्गकार डिल्लीराज जोशी र प्रकाशक सदस्य भीष्मप्रसाद जोशीले आज संयुक्त विज्ञप्ति जारी गर्दै मानसखण्ड पात्रोले फैल्याएको भ्रमकापछि नलाग्न आग्रह गरे । सरकारले विसं २०७७ पुस २० मा समितिको गठन आदेश स्वीकृत गर्दै तिथि, मिति, चाडपर्वसम्बन्धी निर्णय गर्ने काम, कर्तव्य, अधिकार तोकेको थियो ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

