हत्या गरिएको अवस्थामा सर्लाहीमा एक युवकको टाउको फेला
जानकारी केन्द्र
२०८०, श्रावण, २५
काठमाडौं । सर्लाहीमा एक युवकको टाउको फेला परेको छ । सर्लाहीको हरिवन नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गको लखनदेही पुलमुनी हत्या गरिएको अवस्थामा युवकको टाउको फेला परेको प्रहरीले जनाएको छ ।
आज बिहान स्थानीयले पुलमुनि शरीरबिनाको मान्छेको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवको सनाखत गर्ने प्रयास गरिरहेको छ।
अन्दाजी २५ वर्षको जस्तो देखिने युवकको भर्खरै हत्या भएको जस्तो देखिने प्रहरीले जनाएको छ। ती युवकले हल्का दाह्री पालेको जस्तो देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ। पोष्टमर्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
