रेशिकाको शव घर नजिकै गाडिएको अवस्थामा भेटियो
जानकारी केन्द्र
२०८०, श्रावण, २८
तेह्रथुम । तेह्रथुमको आठराई गाउपालिका–१ सक्रान्तिमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । साउन १४ गते घरबाट बेपत्ता भएकी २४ वर्षीया रेशिका श्रेष्ठको शव आफ्नै घर नजिकै गाडिएको अवस्थामा शनिबार दिउसो भेटिएको हो ।

घरायसी विवादपछि घर छोडेर भागेको भन्दै उनका श्रीमान राजकुमार श्रेष्ठ पनि केही दिन अघि बेपत्ता भएका थिए । श्रीमान श्रीमती नै एकाएक हराएपछि रेशिकाको माइतीले खोजीका लागि इलाका प्रहरी कार्यालय सक्रान्तीबजारमा खबर गरेका थिए ।

फरार श्रेष्ठको खोजी कार्य भइरहेको र घटना बारे थप अनुुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । होटल व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ दम्पतीको ६ वर्षीया छोरी समेत रहेकी छन् ।
सम्बन्धित समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

