• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • ७ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • ८ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • ८ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १० घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ११ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १२ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १२ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • १२ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ३. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ६. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ८. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ९. विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

  • १०. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

विदेशको सीप स्वदेशका लगाउँदा एक वर्षमा ९० लाखको व्यापार, ४५ लाख नाफा

जानकारी केन्द्र २०८०, श्रावण, २९

गलकोट । रोजगारीका लागि ‘इपिएस भीषा’मा कोरिया गएका गमबहादुर कुँवरले त्यहाँमा बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झिए । उनले मनमनै व्यवसाय सञ्चालन गर्ने सोच बनाए ।

पाँच वर्ष कोरियामा काम गरेर फर्किएपछि उनले आफ्नै गाउँमा बाख्रापालन व्यवसाय थाले। बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीको ज्यामिरे गाउँका कुँवरले नमूना बाख्रा फार्म सञ्चालन गरेर मनग्य आम्दानी मात्रै गरेका छैन अध्ययन अवलोकनका लागि विभिन्न मानिससमेत भित्र्याएका छन् ।

“ज्यमिरे गाउँमा ८० घर छन् तर ४० घरमा मानिस बस्दैनन् धेरैले गाउँ छोडेर खेतबारी बाँझै छोडेर गए, मलाई त्यही बाँझो बारीले बाख्रापालन गर्न सघाएको छ”, उनले भने, “चार सय रोपनी जग्गा आफ्नै छ, गाउँलेको खेतबारी र वनको एक हजार दुई सय रोपनी जग्गाको घाँस काट्छु, घाँसमा आधारित भएर बाख्रापालन गर्दा आधा नाफा हुँदो रहेछ, गत वर्ष रु ९० लाखको बोका, बाख्रा र पाठापाठी बिक्री गरे, रु ४५ लाख नाफै भयो, बसाइँसराईले उजाडिएको ज्यामिरे गाउँ हरियाली भएको छ, चार÷पाँच घर त मैले फार्मकै लागि प्रयोग गर्दै आएको छु ।”

विसं २०७४ मा १० बाख्राबाट उनले सुरु गरेको बाख्रापालन अहिले पहाडी जिल्लामै नमूना बाख्रा फार्मको रुपमा लिइएको छ । उनको साहारा बाख्रा फार्ममा अहिले चार सय बोका, बाख्रा र पाठापाठी रहेका छन् । आठ ब्लकमा छुट्टाछुट्टै आधुनिक बाख्राको खोर रहेको जनाउँदै व्यवसायी कुँवरले अहिले एक सय ६० माउ मात्रै ब्याउने रहेको जानकारी दिए ।

दुई आधुनिक खोरमा ब्याउने बाख्रा, केही खोरमा पाठापाठीसहितका बाख्रा, तीन खोरमा पाठापाठी र तीन खोरमा बिक्रीका लागि तयारी बोका राखिएका छन् । अहिले ५० बोका बिक्रीका लागि तयारी हुन लागेको उनको भनाइ छ ।

कुँवरकै नेतृत्वमा गलकोट नगरपालिकाका ११ वडा समेटिएको बाख्रा पकेट क्षेत्रसमेत घोषणा गरिएको छ । गत वर्षनै ३१ बाख्रा फार्मका लागि खोर सुधार योजनाअन्तर्गत रु एक÷एक लाखका दरले अनुदान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत वितरण गरिएको छ ।

यस वर्ष भने बोका बिक्री थोरै हुने जनाउँदै उनले ६० बाख्राको एकैसाथ गर्भ तुइएकाले समस्या भएको सुनाए । “यस वर्ष जम्मा रु सात लाखको बोका बाख्रा बिक्री गरेँ, यस वर्ष समग्रमा रु ४० लाखको कारोबार गर्न मुस्किल छ, किसानलाई यस्तो समयमा फार्र्म धान्नै समस्या हुन्छ, ६० बाख्राको गर्भ नतुइएको भए अहिले पाँच सय बढी बाख्रा–पाठा हुन्थे”, उनले भने, “अहिले निकै अनुभव भइसक्यो, हटियाको मासु पसल बन्द गरेर अहिले घरमै मासु पसल सञ्चालनमा ल्याएको छु, १० केजीभन्दा माथि खसी तथा बोकाको मासु अर्डर भएमा घरमै पु¥याइदिन्छु, दाना खरिद गर्न, बोकाको बजारीकरण गर्न र घाँस बोक्नको लागि आफ्नै पिकअप जीपसँगै १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छु ।”

उनले बाख्रापालन व्यवसायसँगै कामदार परिचालन गरेर एक हजार कागतीका बिरुवा, दुई सय ६१ ओखर र ४० सुन्तलाका बिरुवा यस वर्ष नै रोपेको बताए । कुँवरले ४० रोपनी जग्गामा मात्रै खुर्सानी खेती गर्दै आएको सुनाए । दश जना कामदारले घाँस काट्नेदेखि मासुको बजारीकरण गर्दै आएको र बचत भएको समयमा कागती, सुन्तला बगैँचा र खुर्सानी खेतीको काम गर्दै आएका छन् ।

व्यवसायी कुँवरले रु १५ देखि २० हजारका दरले मासिक तलब दिएर स्थानीय १० युवालाई बाख्रा फार्ममा प्रत्यक्ष रोजगारी दिँदै आएका छन् । उनले यो फार्म विस्तार भएर अहिलेको अवस्थामा आउनुमा नेपाल सरकारको ब्याजमा अनुदानसहितको ऋणको ठूलो भूमिका रहेको बताए । “रु एक करोड जम्मा तीन प्रतिशत ब्याजमा ऋण लिएको थिए, अहिले मासिक रु एक लाख ५३ हजार किस्ता तिर्छु”, उनले भने, “फार्म विस्तारको आधार यही ब्याज अनुदानको ऋण बन्यो, अहिले ऋणसमेत आधा घटाइसकेको छु ।”

कुँवरका भाइ विष्णु समेत कोरियाबाट फर्केर बाख्रापालनमा सघाए पनि अहिले लोकसेवा तयारीको लागि काठमाडौँमा छन् । कुँवरले आफ्नो फार्मलाई ‘फार्मस्टे’को रुपमा विस्तार गर्ने लक्ष्य लिएका छन् । पर्यटकलाई आफ्नै फार्मको तयारी खसी तथा बोकाको मासु खुवाइँदै त्यही बास बसाउने गरी फार्मस्टे बनाउने तयारीमा आफू रहेको बताए । बसाइँसराइले उजाडिएको गाउँमा कुँवरले भने पर्यटक ल्याएर गुल्जार बनाउने लक्ष्य लिएका छन् ।

कुनै रोगव्याधी नभए आफ्नो फार्मबाट वार्षिक रु एक करोडको कारोबार हुने कुँवरको लक्ष्यअनुसार फार्म सञ्चालित भइरहेको छ । उक्त बाख्रा फार्म पहाडी जिल्लाको ठूलो र नमूना बाख्रा फार्ममध्येमा पर्ने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिए ।

बोयर तथा खरी प्रजातिको क्रस गरिएका बोकाको मासु राम्रो भएकाले उक्त प्रजातिका बोकाको मासुको माग उच्च हुने र अहिलेसम्म बजारको कुनै चिन्ता नरहेको बताए । फार्ममा हालसम्म रु पाँच करोड लगानी भइसकेको छ । फार्मको खोर मात्रै छ रोपनी जग्गामा फैलिएको छ । पाँच सयभन्दा बढी बाख्रा पाल्न खोर तथा घाँसको समस्या नहुँने गरी र्फार्मको संरचना र घाँसको व्यवस्थापन भएको व्यवसायी कुँवरको भनाइ छ । रासस

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

ताजा

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.