संसद विघटनबारे ओली भन्छन् : हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी काटिदियौं
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर राम्रो गरेको टिप्पणी गरेका छन्।
मङ्गलबार बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले संसद विघटन गरेर एमालेलाई मार्न बनाएको डोरी काटिदिएको बताएका हुन्।
उनले भने,‘हामीले पुस ५ गते संसद् विघटन गर्यौं। हामीले ठीक ठानेर गर्यौं। ठीक भनेर गर्यौं। ठीक थियो र गर्यौं। नगरी नहुने थियो र गर्यौं। विलकुलै समसामयिक कदम चाल्यौं। यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षड्यन्त्र भएको थियो। हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए। त्यसलाई हामीले छिनालिदियौं। पुस ५ गतेको कदम भनेको त्यही हो। हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौं।’
यस्तै उनले एमालेलाई झोले भन्ने गरेको तर एमाले झोले नभएको बताएका छन्। उनले भने, ‘हामीलाई पनि झोले भन्छन्। तर, खास वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेका छन्। त्यसलाई भन्छन् झोले। नामका वामपन्थी, साइनबोर्ड वामपन्थी, स्वार्थहरुको झोला बोकेका छन्। दक्षिणपन्थीको झोले भनेको दक्षिणपन्थी स्वार्थका झोला बोक्नेहरु हुन्। शब्द नराम्रो लागेपनि मिलाएर बुझ्नुहोला।’
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

