रास्वपाका सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच बुधबार पार्टी कार्यालय वनस्थलीमा भेटघाट भएको छ । उक्त भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ ।
‘मुलुकको आर्थिक विकास, सुशासन र ग्रामिण विकासका विषयहरूमा छलफल भएको सो अवसरमा राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति ध्यानाकर्षण भएको र सोको यथासशीघ्र समाधानका पहल गरिने बताउनु भएकोछ,’ भेटबारे रास्वपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सभापति लामिछानेले आफूहरू एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराउनुभएको थियो ।’
उक्त भेटमा प्रतिनिधिसभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावल लगायतको सहभागिता रहेको रास्वपाले जनाएको छ ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

