बीमा रकम लिनका लागि आफ्नै टिपरमा आगजनी गरेपछि..
काठमाडौं । बीमा रकम लिनका लागि आफ्नै टिपरमा आगो लगाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिपर धनी रामेछापको मन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने प्रदीपकुमार खत्री टिकाथली बस्ने भीमसेन खत्री र सिन्धुलीका घर भई टिकाथली नै बस्ने रंगबहादुर बुढाक्षेत्री रहेको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ ।
प्रदीपकुमार खत्रीले मासिक किस्ता तिर्ने गरी १३ लाख रुपैयाँमा १३ महिनाअघि किनेको बा ३ ख २८९४ नम्बरको टिपरमा आफैं आगजनी गरेको प्रहरीको आरोप छ । टिपर ४ महिनाअघि ठेचोस्थित नख्खुखोला करिडोरमा बिग्रिएको थियो ।
टिपर बनाउन धेरै पैसा लाग्ने भएपछि प्रदीपकुमारकै योजनामा साउन १२ गते राति भीमसेन र रंगबहादुरले पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
त्यसको भोलिपल्ट उनीहरु आफैंले टिपरमा आगोलगाउनेलाई खोजी गरी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका थिए । तर पछि अनुसन्धान गर्दै जाँदा घटनामा उनीहरुकै संलग्नता देखिएको प्रहरीको भनाई छ । पक्राउ परेका ३ जनालाई अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले ७ दिनको म्याद दिएको छ ।
सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

