बागेश्वर धाम सरकार आज नेपाल आउँदै, आजै प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
काठमाडौं । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) आज नेपाल आउँदैछन् ।
चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न बागेश्वर बाबा नेपाल आउन लागेका हुन् ।
दिल्लीबाट आज काठमाण्डौं आउदै गरेका बागेश्वर बाबाले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै पशुपतिनाथको दर्शन गरेर उनी शुक्रबार तीन दिने प्रवचनका लागि शाश्वत धाम नवलपुर पुग्ने कार्यक्रम रहेको छ ।
बागेश्वरधाम सरकारका नामले चर्चित बागेश्वर बाबा आध्यात्मिक गुरुका रूपमा परितिच छन्। उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् ।
सर्वसाधारणले आफ्नो दुःख लिएर बागेश्वर धाम सरकार कहाँ जाँदा उनले पर्ची हेरेर उनको मनको कुरा, विगत र दुःख निवारणको उपायहरु बारे बताउने गर्दा भारतमा कलिला उमेका प्रसिद्ध बाबाको रुपमा प्रख्यात भएका छन् ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

