• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • १२ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • १३ घण्टा 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • १३ घण्टा 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • १५ घण्टा 

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
  • १७ घण्टा 

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • १७ घण्टा 

सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. Foton Motors Nepal Strengthens Its Presence in Eastern Nepal with Itahari Showroom

  • २. रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु

  • ३. सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय

  • ४. २०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

  • ७. गोल्छा ग्रुपद्वारा किओच (बाल अस्पताल)लाई रू.पाँच करोड आर्थिक सहयोग

  • ८. नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य

  • ९. स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

  • १०. नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन

कागती खेतीप्रति कृषकको आकर्षण

जानकारी केन्द्र २०८०, श्रावण, ३२

ढोरपाटन (बागलुङ) । पछिल्लो समय दिनप्रति दिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् । सुनसान गाउँका खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् । गाउँमा भएका बालबालिका पढ्नका लागि बजार आउन थालेका छन् । अहिले धेरैको रोजाइ विदेश र सहररबजार पर्न थालेको छ ।

बागलुङको निसीखोला गाउँपालिका–५ कारिगाउँका धर्मराज पोखरेलले भने गाउँमा कृषि कर्मबाट मनग्य आम्दानी गरिरहेका छन् । पोखरेल पनि १२ वर्ष अगाडिसम्म विदेशमै थिए । पच्चीस वर्ष भारत र दुई वर्ष कतारमा पसिना बगाएका उनी १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा लागेका छन् ।

पोखरेल बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीमै काम गर्छन् । उनको बारीमा कागती, सुन्तला, टिमुर लटरम्म फलेका देखिन्छन् । अहिले तीन सय बोट कागती, झन्डै एक सय सुन्तला र २५ टिमुरका बोट रहेका पोखरेलले जानकारी दिए । उनका अनुसार सबै बोटमा फल लागेका छन् ।

“कागती खेतीलाई विशेष प्राथमिकतामा राखेको छु । कागतीसँगै सुन्तला र टिमुर उत्पादन राम्रै भइरहेको छ”, पोखरेलले भने, “बोटबाटै एक सयमा कागती बिक्री हुन्छ ।” उनले कागतीको माग पहिलेको तुलनामा अहिले बढे्को भन्दै यहाँ उत्पादित कागती स्थानीय बजारका साथै बुटवलसम्म जाने गरेको बताए । यस वर्ष १३ लाख बढीको कागती, सुन्तला र टिमुर बिक्री भएको उनले जानकारी दिए ।

वर्षभरी घरपरिवारसँगै बसेर काम गर्दा लाखौँ आम्दानी गर्न सकिने भएकाले विदेश गएर परिश्रम गर्नुभन्दा स्वदेशमै स्वरोजगार बन्नु उपयुक्त हुने पोखरेलले सुझाव दिए । कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुकसमेत बजारमा पठाउने गरेको उनले बताए । कागती खेतीमा कृषकको राम्रो भविष्य रहेको जनाउँदै उनले यो बहुउपयोगी हुनेहुँदा धेरै ठाउँबाट माग आउने गरेको बताए । गाउँमा भएका बाँझो जमिनमा पनि कागती खेती विस्तार गर्ने योजना रहेको पोखरेलले सुनाए ।

“हाम्रो ठाउँमा कागती राम्रो उत्पादन हुन्छ । छोटो समयमा धेरै उत्पादन गर्नसक्ने, जाडो र गर्मी दुवै याममा खपत हुने भएकाले पनि बजारमा यसको माग धेरै छ”, उनले भने, “पहिले माग धेरै आएपछि उत्पादन बढाएको थिए । अहिले भनेअनुसारको बजार पाउन सकिरहेको छैन । उत्पादन भएका सबै कागतीले बजार पाउने हो भने यसबाट मात्रै लाखौँ कमाउन सकिन्छ ।”

पोखरेल जस्तै बागलुङमा थुप्रै कृषक कागती खेतीतर्फ आकर्षित भएका छन् । एकदशक अगाडिसम्म जिल्लामा परम्परागत खेती हुने गरेकामा पछिल्लो समय यहाँका किसान व्यावसायिकरुपमा कागती खेतीतर्फ आकर्षित भएका हुन् । निसीखोला, बडिगाड, गलकोट, बरेङ, काठेखोलालगायत अधिकांश पालिकामा कागती खेती गर्नेको सङ्ख्या बढेको छ । पाँच वर्ष पहिले बागलुङका बजारमा भारतबाट आयातित कागती पाइन्थ्यो तर अहिले स्थानीयस्तरमै उत्पादन भएका कागती बजारमा आउने गरेका स्थानीय बताउँछन् ।

निसीखोला–४ झिम्पाका रेमबहादुर क्षेत्रीले १८ वर्ष कतारमा बिताए । लामो समय विदेशमा बिताउँदा नपाएको खुसी अहिले आफ्नै बारीमा कागती खेती गरेर पाएको उनले अनुभव सुनाए । हाल चार सय कागतीका बोटमध्ये दुई सयले फल दिन थालेका क्षेत्रीले बताए । उनका अनुसार बारीमा कागतीसँगै एभोकाडो र टिमुरका बोट पनि छन् । सात वर्षदेखि व्यावसायिकरुपमा कागती खेती थालेका क्षेत्रीले यस वर्ष चार लाख बराबरको बिक्री गरेको जानकारी दिए ।

“विदेशमा धेरै दुःख गरियो, सुख मिलेन । अहिले परिवारसँगै बिहान बेलुका आफ्नै बारीमा काम गर्छु, फलफूलसँगै रमाउछु, आम्दानी पनि राम्रो हुँदै गएको छ”, उनले भने, “पहिले बाध्यताले विदेश गएँ, पैसा आफ्नै बारीमा कमाउन सकिने रैछ ।” क्षेत्रीले सात वर्षदेखि कागती खेतीमा लगानी गर्दै आएको जनाउँदै अहिले प्रतिफल आउन थालेको बताए । उत्पादित कागती बिक्री हुन थालेपछि जीविकोपार्जनमा सहज भएको उनको भनाइ थियो ।

समुद्री सतहबाट एक हजार पाँच सय मिटरसम्म कागती खेतीको राम्रो सम्भावना रहेका कृषि ज्ञानकेन्द्र बागलुङले जनाएको छ । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा कागती खेती गरिँदै आएको केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिए । “कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिन्छ । यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ”, उनले भने, “यसको काँचो र पकाएको चुक, अमिलो अचारलगायत विभिन्न परिकार बनाएर बिक्री गर्न सकिन्छ ।”

सूचना अधिकारी मगरले ४० हेक्टरमा खेती गरिए पनि अहिले २५ हेक्टरबाट उत्पादन भइरहेको जानकारी दिए । उनका अनुसार जिल्लाभर तीन सय मेट्रिक टन कागती उत्पादन हुने गरेको छ । पछिल्लो समय कागती खेतीको उत्पादन हुने क्षेत्रफल बढ्दो क्रममा रहेको भन्दै उनले केन्द्रले कृषकलाई बिरुवा वितरण, कागती खेतीसम्बन्धी तालिम तथा परामर्श सेवा दिँदै आएको बताए ।

“जिल्लामा कागती खेतीको क्षेत्र व्यापकरुपमा विस्तार भइरहेको छ । उत्पादन पनि हरेक वर्ष बढेको पाएका छौँ, बजारका लागि खास्सै गुनासो आएको छैन, कतिपय किसानले गाउँ नजिकैको बजारमा बिक्री गर्छन् भने कतिले बुटवललगायत सहरसम्म पुर्‍याउने गरेका छन्”, सूचना अधिकारी मगरले भने, “कागतीखेती गर्दा किसानलाई आइपरेका समस्या समाधानका लागि हामी लागिरहेका छौँ । अहिले समस्या नआए पनि आउँदाबित्तिकै कृषकलाई खबर गर्न भनेका छौँ ।” बजार व्यवस्थापन, बिरुवा वितरण, रोग लागेमा रोगको पहिचान गरी उपचार, आवश्यक परामर्शलगायत काममा केन्द्र सहजीकरण गर्न तयार रहेको उनको भनाइ थियो । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

ताजा

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.