३० वटा फेसबुक आईडी ह्याक गरेर १४ लाख ५८ हजार ठगी गर्ने ५ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जाल फेसबुक आईडी ह्याक गरेर ठगी गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका सिमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन तामाङ र पोखरा महानगरपालिकाकी शुभेक्षा गुरुङ रहेका छन् ।
उनीहरू सबैलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो । नयाँ बसपार्कस्थित रेसुंगा बुटवल गेस्ट हाउसमा कोठाहरू भाडामा लिएर बस्ने गरेका उनीहरूलाई गेस्ट हाउसबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले विभिन्न व्यक्तिको फेसबुक आईडी ह्याक गरी पीडितका साथीहरूलाई म्यासेज पठाएर ईसेवा र खल्तीजस्ता वालेटहरूमा पैसा पठाउन लगाउँथे ।
प्रहरीको अनुसन्धानबाट उनीहरूले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आईडी ह्याक गरिएको पाइएको छ । त्यसका लागि १२ वटा जिमेल आईडी प्रयोग भएको पाइएको छ । उनीहरूले विभिन्न बहानामा ओटीपी कोड माग्थे ।
अहिलेसम्म उनीहरूले १४ लाख ५८ हजार रुपैयाँको कारोबार गरेको देखिएको छ । उनीहरूविरुद्ध ठगी तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

